काठमाडाैंमा डाँकामाथि गोली प्रहार

काठमाडौं ।  प्रहरीले एक डाँकालाई गोली हानी पक्राउ गरेको छ । सर्वाधिक खोजीको सूचीमा रहेका ‘काले’ भनिने विष्णु तामाङलाई प्रहरीले गोली हानी काठमाडौँको टोखाबाट पक्राउ गरेको हो ।

पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी केदार ढकालले बताए । उनको साथबाट हतियारसहित पाँच राउण्ड गोली बरामद भएको बताइएको छ ।

घाइते तामाङको उपचार वीर अस्पतालमा उपचार भइरहेको छ । विभिन्न आठ ठाउँमा डकैती गरेको आरोपमा २०७२ सालमा ६ वर्ष जेल सजाय पूरा गरी छुटेका सिन्धुपाल्चोकको मेलम्चीका तामाङ फेरि पनि चोरी डकैतीमा संलग्न भएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

सम्बन्धित खवर

Back to top button