satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

अस्पतालमा छटपछाउँदै रावल, यस्तो छ परिवारको हृदय विदारक कहानी

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ जेष्ठ १० मा प्रकाशित
847
अस्पतालमा छटपछाउँदै रावल, यस्तो छ परिवारको हृदय विदारक कहानी

काठमाडाैं ६ बैशाख ।  मान्छेको जिन्दगी हो कहाँनिर के हुन्छ कसैलाई थाहाँ हुँदैन । अछाम जिल्ला तुर्माखाद गाउँपालिका–१ रहपका १७ वर्षीय नर बहादुर रावल यतिबेला ब्लड क्यान्सर भएर महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा छटपटाइरहेका छन् । अस्पतालका अनुसार ब्लड क्यासरको उपचारका लागि तत्काल १६ लाख रुपियाँ जम्मा गर्नुपर्ने भएपछि घरपरिवार तथा आफन्जन निकै तनाबमा परेका छन् । उनलाई टिचिङ्ग अस्पतालमा बैशाख २० गतेबाट भर्ना गरिएको छ । यसरी १६ दिनसम्म उपचार गर्दा ऋण सापट गरेकोे दुईलाख रुपैयाँ समेत सकिएको छ । ‘घरको आर्थिक अवस्था निकै नाजुक छ, वरपर ऋणसापट लिने ठाउँ कतै छैन्’ उनकी आमा नानीदेवी रावलले भनिन् ‘अब त घरजग्गा, गाईबाख्रा सम्पूर्ण श्रीसम्पती सस्तोमा लैजाउ भनेपनि कसैले लिन मानेका छैनन्, आफैले जन्माएको छोरा आँखै अगाडी उपचार नपाएर मर्न लागेको देख्दा कस्का आमाबाबुको मन नकाटिएला उनले भक्कानिदै भनिन् ‘पैसा धेरै लाग्ने भयो यत्रो पैसा कहाँबाट जम्मा गरुँ, छोरालाई यसै मर्न पनि कसरी दिउँ ।’

छिमेकीका अनुसार ब्लड क्यान्सर पिडित रावलका बुवा, आमा र दाई अपाङ्ग छन् । आजभन्दा झण्डै १५ वर्ष पहिले बुवा कुशे रावलको घाँस काट्न जाँदा रुखबाट लडेर दाहिने हात भाँचियो । भाँचिएको हातको उपचार गर्न जाँदा डाँक्टरले गलत ठाउँमा सुई लगाएपछि दाहिने हात नै अपाङ्ग भयो । आमा नानीदेवी रावलको पनि करिब १० वर्ष पहिले गोठाला जाँदा भीरबाट लडेर मेरुदण्ड भाँचिएर हिडडुल गर्न सक्ने अवस्था छैन् । चार वर्ष पहिले उनका दाइ प्रेम बहादुर रावल पनि रोजगारीको सिलसिलामा साउदी पुग्दा काम गर्ने क्रममा कम्पनीको मेसिनमा परी अपाङ्ग बने । अहिले नेपाल फर्केर थलिएका छन् । एकपछि अर्को परिवारका सदस्य अपाङ्ग हुँदा वरपरका छिमेकी अचम्मित परेका छन् । मान्छेको जिन्दगी न हो एक न एक दुःख त सबैले भोग्नुपर्छ । तर एकै परिवार यस्तो दर्दानाक अवस्थाले सोचमग्न बनाएको छ । अहिले रावल परिवारमा यस्तो परिस्थितिको सामना गर्न सक्ने न सामाथ्र्य छ न त पहुँच नै छ । पींडित रावलकी आमाले आफ्नै छोरा सम्झी दयालु मनहरुले सहयोग गरेमा छोराले पुनर्जीवन पाउने आशा गरेकी छन् ।

नरबहादुर ७ कक्षादेखी एसईईसम्म जनता उच्च मावि रम्बापुर बर्दियामा अध्ययनरत छात्र हुन् । उनी त्यहाँ आफ्नो फुपुको घरमा बसेर अध्ययन गरिरहेका थिए । पढीलेखी आफ्नै दुर्गम गाउँठाउँमा केही गरेर देखाउँन चाहन्थे । उनको असल मान्छे बन्ने सपना थियो । त्यो सपना एकैपटक सिसा जस्तै चकनाचुर भएर फुट्यो । उनी एकैपटक छाङ्गाबाट खसे जस्तै बने जतिबेला क्यान्सर भएको थाहा भयो ।
गत बैशाख पहिलो सातातिर खुट्टाको थाइ यसरी दुख्थ्यो कि रातभर सुत्न नसकेर यताउता हिडेर दुखाइ भुलालउने प्रयास गर्थे । दिनप्रति दिन शारिरिक अवस्था कजोर हुँदै विभिन्न समस्या देखिन थालेपछि घरपरिवार निकै चिन्तित बने । फलस्वरुप घरपरिवार केही समय झारफुक र धामी झार्कीतिर लागे । धामीझार्की गर्दा पनि निको नभएपछि उनलाई नेपालगंजको एउटा सामान्य मेडिकलमा देखाइएको थियो ।

उक्त मेडिकलले ब्लड क्यान्सर भएको आशंका गरेर काठमाडौं रिफर ग¥यो । बैशाख १९ गते नेपालगञ्जबाट रिफर गरेर २० गते काठमाडौं पुर्याउँदा उनको स्वास्थ्य अवस्था निकै गम्भिर भैसकेको थियो ।  तत्काल उनलाई आइसियुमा राखेर उपचार थालियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको रगत जाँच गर्दा शरिरमा रगतको मात्र एकदमै कम रहेको र ब्लड क्यान्सर भएको अस्पतालले पुष्टि गरेको छ । विस्तृत परिक्षणका लागि रगतको नमूना संकलन गरी भारतमा पठाएको बताइएको छ । साथै उनको ढाडको नशा समेत दबेको छ भने दबेको ठाउँमा घाउँ बनेर पाकिरहेको छ । शरिरमा रगतको मात्रा एकदमै कम भएका कारण त्यसलाई चिरफार गर्न समेत मिलेको छैन् ।

यतिबेला रावल परिवार निकै प्रताडित छन् । यस्तो विडम्बना त कसैलाई नहोस् । हामी नरबहादुर रावलको जीवन बचाऊका लागि निरन्तर फ्लोअपमा छौं । रावलको उपचारका लागि सहयोग गर्न इच्छुक महानुभावले सत्कार पोष्टको ९८४०६०२१३९, ९८१८१८२२७० सम्पर्क गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं । अर्थात, सिटिजन बैंक खाता नम्बर ०२१००००५०९CS मा जम्मा गरी आफ्नो भौचर समेत पठाउँन सक्नु हुनेछ । हामी, मनकारी तपाइँहरुको नाम र सहयोग गरेको राशि समेत यसै अनलाइन पत्रिका मार्फत सार्वजनिक गर्नेछौं ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ जेष्ठ १०
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ जेष्ठ १०
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ जेष्ठ १०
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ जेष्ठ १०
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ जेष्ठ १०
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ जेष्ठ १०

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
२०७६ जेष्ठ १०
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७६ जेष्ठ १०
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७६ जेष्ठ १०
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७६ जेष्ठ १०

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७६ जेष्ठ १०
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.