विष्णु पौडेलमाथि छानविन हुनुपर्छः भीम रावल

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पार्टीका महासचिव विष्णु पौडेलमाथि छानविन हुनुपर्ने बताएका छन्। सरकार, पार्टी र सन्चारमन्त्री जोगाउन लागिपरेका बेला रावलले पौडेलमाथि छानविन तथा दोषी पाइए कारवाही हुनुपर्ने माग राखेका हुन् ।

रिपोर्टर्स क्लबद्वारा सोमबार आयोजित साक्षात्कारमा नेता रावलले ललिता निवासको जग्गा कब्जामा पार्टीका महासचिव पौडेलसमेत मुछिएको स्मरण गर्दै सत्यतथ्य छानविन गरेर दोषी ठहरिए कारबाही हुनुपर्ने माग गरे ।

जग्गा प्रकरणबारे सरकारले गरेको छानविन सत्यतथ्य हुनुपर्ने रावलको भनाई थियो। ‘बालुवाटार जस्तो संवेदनशील स्थानको जग्गा व्यक्तिको नाममा जानु आपत्तिजनक छ ।  सत्य तथ्य पहिचान गरेर दोषीलाई कारबाही गर्नुपर्छ’, नेता रावलले भने ।

सरकारले उक्त जग्गा फिर्ता ल्याउने निर्णय गरेकोमा धन्यवाद दिँदै रावलले फिर्ता ल्याएर मात्रै नहुने र दोषीलाई कानुनी दायरामा नै ल्याउनुपर्ने बताए ।

नेता रावलले बालुवाटारलगायत देशभरका सार्वजनिक जग्गा हिनामिना भएको विषयमा निष्पक्ष छानविन गर्नपनि माग गरे। माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा र आफू गृहमन्त्री रहेको बेला उक्त जग्गाबारे कुनै पनि औपचारिक प्रस्ताव र छलफल नभएको उनको भनाई छ।

सम्बन्धित खवर

Back to top button