यस्ताे बन्यो कांग्रेसकाे छाया सरकार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार घोषणा गरेको छ । कांग्रेसले सोमबार एक विज्ञप्ति जारी गर्दै नेकपा नेतृत्वको सरकारलाई खबरदारी गर्न छाया सरकार घोषणा गरेको हो । कांग्रेसले निकालेको विज्ञप्तिमा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छाया सरकारका रुपमा क्रियाशिल रहने गरी मन्त्रालयको जिम्मेवारी तोकेको जनाइएको छ । कांग्रेसले छाया सरकारको मन्त्रालय पनि बाँडफाँट गरेको छ ।

कांग्रेसले एउटै मन्त्रालयमा तीनजनालाई जिम्मेवारी दिएको छ। मन्त्रालयको संयोजकमा एकजनालाई जिम्मेवारी तोकेर अन्य दुईजनालाई सदस्यका रुपमा तोकिएको छ।

कुन मन्त्रालयको जिम्मा कसलाई ? 

कांग्रेसले ज्ञानेन्द्र बहादुर कार्कीलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको संयोजक तोकेको छ । डा. नारायण खड्काले परराष्ट्रमन्त्रालयको जिम्मेवारी पाएका छन् । डा. मिनेन्द्र रिजाललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ। युवा नेता गगनकुमार थापालाई कांग्रेसले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजक तोकेको छ । गृह मन्त्रालयको संयोजकमा दिलेन्द्रप्रसाद बडूलाई तोकिएको छ ।

सम्बन्धित खवर

Back to top button