satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

कुलमानलाई भ्रष्टाचारको आरोपः के हो मोदीको स्वार्थ ?

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ जेष्ठ ८ मा प्रकाशित
424
कुलमानलाई भ्रष्टाचारको आरोपः के हो मोदीको स्वार्थ ?

काठमाडौं । मंगलबार संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सत्तारढ सांसद नेकपाका सांसद अमनलाल मोदीसँग भनाभन भयो । सांसद मोदीले भ्रष्टाचारी भएको आरोप लगाए । जवाफमा घिसिङले भ्रष्टाचार गरेको प्रमाणित गरे झुण्डिएर मर्न तयार रहेको चेतावनी दिए ।

सांसद मोदीले प्राधिकरणको आयोजनामा असहयोग गरेको घिसिङको प्रत्यारोप थियो । ‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा करिब ६ महिनादेखि ३ किलोमिटर तार तान्न दिनु भएको छैन, यसले मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सबस्टेसन चार्ज गर्न सकेका छैनौं,’ उनले भने । सांसद मोदीले भने लोडसेडिङ अन्त्य गरेको जस लिँदै विद्युत प्राधिकरणमा भ्रष्टाचार गरेको आरोप कुलमानमाथि लगाएका थिए । उनले भनेका थिए, ‘२५ मेगावाटको सोलार प्लान्ट र कोशी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टाचार गरिएको छ । आफ्ना विद्युत गृहबाट उत्पादन नगरी कमिसन खाँदै भारतबाट बढी विद्युत् आयात गरिएको छ । त्रिशुली ३ बी सबस्टेसन अवरोध गरेको भन्दै स्थानीयलाई थर्काउने ? उहाँको दम्भ बढ्दै गएको छ ।’

यस्तो छ विवादको चुरो 

सत्तारुढ नेकपा सांसद मोदीको कुलमानप्रति आक्रोशको तार भने कटहरी सबस्टेसनसँग जोडिएको विद्युत प्राधिकरणका अधिकारीहरु बताउँछन् । विद्युत प्राधिकरणले मोरङको कटहरीमा सबस्टेसन निर्माण गरेको दुई महिना बढी भयो । तर, दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ । ग्रामथाम मोदीको निर्वाचन क्षेत्रमा पर्छ । ‘असहयोग भएमा यो क्षेत्रमा फोर्स लोडसेडिङ हुने जानकारी गराएको थिएँ । तर उहाँले धम्क्याउने भन्दै लेखा समितिमा देखाउने’ चेतावनी दिनुभएको थियो,’ कुलमानले भने । २०७४ को चुनावमा त्यस क्षेत्रका उद्योगीले मोदीलाई असहयोग गरेका थिए । त्यसकै रिस पोख्न मोदीले स्थानीयलाई परिचालन गराएर आयोजनाको काम रोकेको आरोप विद्युत प्राधिकरणको छ ।

स्थानीयको अवरोधका कारणले गर्दा दुहवीबाट सबस्टेसन संचालन (चार्ज) गर्न नसकिएको प्राधिकरणका विराटनगर शाखा प्रमुख राजीव सिंहले बताए । ‘कटहरी औद्योगिक क्षेत्र पनि हो, अहिले त्यहाँ विद्युत आपूर्ति भइरहेको टंकिसिनुवारी सबस्टेसन थप लोड धान्न सक्ने अवस्थामा छैन,’ सिंहले भन्छन, ‘कटहरी सबस्टेसन तत्काल चार्ज गर्न सकेनौं भने विराटनगरमा फोर्स लोडसेडिङ गर्नुपर्ने अवस्था आउँछ ।’ प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजाने गरी रुट तय गरेको छ । तर, पोलमा साढे तीन किलोमिटर तार तान्न सकिएको छैन । सांसद मोदीले स्थानीयको मागलाई साथ दिँदै प्रसारण लाइनको तार तान्न दिएका छैनन् ।

ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले हालै मात्र तार तान्न दिन मोदीलाई आग्रह गरेका थिए । तर, उनले मानेका छैनन् । प्राधिकरण स्रोत भन्छ, ‘केही समयअघि जिल्ला प्रशासन कार्यालयमा भएको वार्तमा प्रमुख जिल्ला अधिकारीकै अघि सांसद मोदीले ५ लाख रुपैयाँ पाए अवरोध हटाउन सघाउने बताएका थिए ।’ जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी भने अवरोध हटाउन पहल गरेको तर, सफल नभएको स्वीकार गरे । उनले संघीय सांसद मोदी र प्रवेश सांसद विजय विश्वासलाई पनि यो स्थानमा अवरोध हटाउनका लागि सहजीकरण गर्न अनुरोध गरिएको बताए । ‘तर, माननीयहरुले पनि त्यति सहजीकरण गरिदिनुभएन,’ उनले भने, ‘काम रोकिएको रोकियै छ ।’

स्थानीय उद्योगी व्यवसायीले भने सबस्टेसन संचालन गर्नुपर्ने दबाव दिएका छन् । सबस्टेशन चार्ज हुन नसकेको विषयमा प्राधिकरण प्रमुख कुलमानले पनि नेकपा सांसद मोदीसँग कुरा गरेका रहेछन् । एक महिना अगाडि अर्थ मन्त्रालयको प्राङ्गणमा भेट हुँदा आफूले आयोजनाका लागि अवरोध हटाउन आग्रह गरेको घिसिङले बताए । ‘प्राधिकरणविरुद्ध कोशी कोरिडोर लगायतका योजनामा लेखा समितिमा उजुरी छ । अहिले जनताले नपत्याए पनि उहाँको नियत सही छैन,’ सांसद मोदी । ‘असहयोग भएमा यो क्षेत्रमा फोर्स लोडसेडिङ हुने जानकारी गराएको थिएँ । तर उहाँले धम्क्याउने भन्दै लेखा समितिमा देखाउने’ चेतावनी दिनुभएको थियो,’ प्राधिकरण प्रमुख कुलमानले भने ।

सम्झाएको थिएँः मोदी

सांसद मोदीले भने प्राधिकरणले स्थानीयको चित्त बुझाउने गरी सेटलमेन्ट गर्नुपर्ने बताएका छन् । कसरी सेटलमेन्ट गर्ने भन्नेमा चाहिँ उनले कुनै दृष्टिकोण राखेनन् । ‘प्रशासनमा भएको छलफलमा पनि मैले स्थानीय जनताको माग सुनुवाई हुनुपर्ने बताएको हुँ । तर, ५ लाख रुपैयाँ मागेको कुरा झुट्टा हो,’ मोदीले भने । महालेखाले उठाएको प्रश्न आफूले उठाएको भन्दै उनले अहिले छानविन भइरहेको भनेर उम्किन नमिल्ने बताए । ‘प्राधिकरणविरुद्ध कोशी कोरिडोर लगायतका योजनामा लेखा समितिमा उजुरी छ । अहिले जनताले नपत्याए पनि उहाँको नियत सही छैन,’ उनले भने । अर्थ मन्त्रालयको प्राङ्गणमा घिसिङसँग वादविवाद भएको उनले स्वीकार गरे ।

‘उहाँले काम रोकिए सो क्षेत्रमा लोडसेडिङ गर्छु भन्नु भएको हो, मैले बेलुकी फोन गरेर त्यस्तो कुरा किन गर्नुभयो भनेर सोधेको थिएँ,’ मोदीले भने, ‘सांसदको लेखा समितिमा प्राधिकरणविरुद्ध उजुरी छन् भनेर सम्झाएको थिएँ ।’ उनले कुनै समय आफूले लोकमान सिंह कार्की विरुद्ध आवाज उठाउँदा जनताले नपत्याएको भन्दै आफूले कुलमान विरुद्ध पनि पहिलो पटक बोलेको बताए ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ जेष्ठ ८
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ जेष्ठ ८
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ जेष्ठ ८
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ जेष्ठ ८
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ जेष्ठ ८
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ जेष्ठ ८

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
२०७६ जेष्ठ ८
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७६ जेष्ठ ८
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७६ जेष्ठ ८
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७६ जेष्ठ ८

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७६ जेष्ठ ८
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.