ट्याक्टर दुर्घटनामा परि रुकुममा दुईको मृत्यु

रुकुमपूर्व । जिल्लाको भुमे गाउँपालिका ७ बालुवामा ट्याक्टर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । भुमेको देउखोलाबाट सिस्ने गाउँपालिका ५ रुकुमकोटतर्फ आउँदै गरेको ग १ त २५९२ नम्बरको ट्याक्टर सानीभेरीमा खस्दा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा एक गम्भीर घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार मृत्यु हुनेमा सिस्ने ४ अमलाचौरका रामचन्द्र बाहोराको घटनास्थालमै र रुकुम पश्चिम त्रिवेणी ५ का लक्ष्मण ओलीको उपचारका क्रममा जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको हो।

घाइते हुनेमा पुथाउत्तरगंगा गाउँपालिका ४ का कृष्ण रसाइली रहेका छन्। रसाइलीको जिल्ला अस्पताल रुकुमपश्चिममा उपचार भइराखेको छ।

सम्बन्धित खवर

Back to top button