नरेन्द्र मोदीको ऐतिहासिक जीत
एजेन्सी । भारतकाे लोकसभा चुनावमा नरेन्द्र मोदी गठबन्धनले ऐतिहासिक सफलता पाएको छ । यससँगै भारतमा फेरि ५ वर्ष मोदीकाे शासन पक्का भएको छ ।
जारी मतगणनाले भाजपा एक्लै बहुमत र एनडीए गठबन्धन ३४८ सिटमा जित देखाएको छ । चुनावमा पश्चिम बंगालमा भाजपाले ऐतिहासिक सफलता पाएको छ भने उत्तर प्रदेशमा महागबन्धनले धेरै क्षति पुर्याउन सकेन ।
नितिशकुमारको साथ पाएपछि भाजपाले विहारमा पनि आफ्नो बलियो उपस्थिति कायमै राख्यो । मोदीको गृह प्रदेश गुजरातमा भाजपाले क्लिन स्वीप गर्यो ।
भाजपाले मध्यप्रदेशमा २९ मध्ये २८ र राजस्थानमा २५ मध्ये २४ सिटमा जिन्मुख छ ।
तमिलनाडूमा भने यो पटक मोदीको जादू चलेन । त्यहाँ उसले एक सिट पनि नजित्ने देखिएको छ । केरालामा पनि भाजपाले एक सिट पनि जित्न सकेन ।
लोकसभा चुनावमा पाएको ऐतिहासिक सफलतासँगै भाजपा कार्यकर्ताले देशभर खुसी मनाएका छन् ।
दिल्लीस्थित मुख्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाहले सम्बोधन गरे । मोदीले यो आफ्नो नभई लोकतन्त्रको जीत भएको बताए । साथै दोस्रो पटक जितेपछि अम्रता नगुमाउने बताए ।
राहुलले स्वीकारे हार
कांग्रेसले २०१४ को तुलानामा केही सिट बढी जितेको छ । तर, मोदीको विजय रथ रोक्न अध्यक्ष राहुल गान्धी पूर्ण रुपमा असफल भएका छन् । उनले हार स्वीकार गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै राहुलले चुनावी हारको जिम्मेवारी आफूले लिने बताएका छन् ।
तर, विचारधाराको लडाई जारी रहेको भन्दै विचलित नहुन पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरे ।
राहुल आफैं अमेठीमा भारतीय जनता पार्टीका उम्मेदवार स्मृती ईरानीसँग पराजित भएका छन् । यद्यपि अर्को क्षेत्रबाट चुनाव जितेका उनी लोकसभामा हुनेछन् । उनले अमेठीका जनताको निर्णयलाई सम्मान गर्ने बताए ।
कांग्रेस ५१ सिटमा जित उन्मुख छ । २०१४ को चुनावमा उसले ४ सिट जितेको थियो । यो पटक साना ठूला गरी १७ राज्यमा कांग्रेस शुन्य रहृयो ।