मिनिट्रक दुर्घटनाबाट दैलेखमा ३ को मृत्यु


दैलेख । शुक्रबार बिहान कर्णाली राजमार्गको दैलेख–सुर्खेत सडकखण्डको सिमानामा मिनिट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मिनि ट्रक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबर पाएपछि प्रहरी निरीक्षक प्रेम क्षेत्रीको टोली घटनास्थलतिर गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक जलेको अवस्थामा फेला परेको हुँदा ट्रक नम्बर समेत पत्ता लागेको छैन । दुर्घटनाबारे पूरा विवरण आउन बाँकी छ ।
मृतक तीनैजनाको पहिचान हुन नसकेको घटनास्थल पुगेका प्रहरी सहायक प्रहरी निरीक्षक ठगिराम शर्माले बताए । उनका अनुसार एकजना दुर्घटनास्थलमा जलेको अवस्थामा र अन्य दुईजना ट्रकभन्दा पचास मिटर तल मृत अवस्थामा फेला पारेको छन् । घटनास्थल पुगेका प्रहरी सहायक प्रहरी निरीक्षक ठगिराम शर्माका अनुसार ट्रक सडक भन्दा झण्डै तीन सय मिटर तल खसेको छ ।


