राजधानीकाे दुई ठाउँमा विष्फोट, ३ को मृत्यु


काठमाडौं । राजधानीको सुकेधारामा र अनामनगरमा विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो ५ बजेतिर सिलिन्डर विस्फोट हुँदा सुकेधारामा दुईजनाको र अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको हो । अन्य पाँचजना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ । मृतकको सनाखत हुन सकेको छैन् । प्रहरीका अनुसार अहिले मुचुल्का तयार पार्ने काम भइरहेको छ ।



काठमाडौंका दुई ठाउँमा भएका विस्फोटमा परेर घाइते भएकालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल र ओम अस्पताल लगिएको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ ।