Rip…Rip…. बम विस्फोटमा परि विप्लव निकट विद्यार्थी नेताको मृत्यु

काठमाडौं : काठमाडौंको घट्टेकुलोमा बम विस्फोटमा परी मृत्यु हुनेको सनाखत भएको छ। आइतबार अपरान्ह लोकमन्जरी कार्कीको घरमा बम विस्फोट हुँदा प्रज्वल शाहीको मृत्यु भएको खुल्न आएको छ। शाही नेत्रविक्रम चन्दसँग निकट बिधार्थी सङठनका केन्द्रीय सद्स्य हुन् । बम विस्फोटमा परी त्रिचन्द क्याम्पसका विप्लव पार्टीका विद्यार्थी नेता इकाई अध्यक्ष रविन केसी घाइते भएका छन्।

उता सुकेधाराको विस्फोटमा परी महोत्तरी घर भई अहिले सुकेधारामा सैलुन चलाउँदै आएका ५९ वर्षका जीवकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको छ। अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक जनाको भने सनाखत हुन सकेको छैन। घटनामा ४ जना घाइते भएका छन्।

घटनास्थलबाट विप्लव नेकपाको पर्चा भेटिएपनि ठाकुर भने सो पार्टीमा आबद्ध रहेको वा नरहेको खुल्न सकेको छैन्। घट्टेकुलोको घटनास्थलमा भने विप्लव नेतृत्वको नेकपाका पर्चा भेटिएका छन्। विप्लव नेतृत्वको नेकपाले जेठ १३ गते नेपाल बन्द आह्वान छ। दुबै घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।यसअघि विप्लवले जेठ ८ गते निकालेको विज्ञप्तिमा केपी ओली सरकारले गरेको जघन्य घटनाको बदला जनताले उचित समयमा लिने नै चेतावनी दिएका थिए। प्रहरीले आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई भोजपुरमा हत्या गरेको भन्दै विप्लवले बदला लिने चेतावनी दिएका थिए। samajbad.com बाट

सम्बन्धित खवर

Back to top button