एकाबिहानै उपत्यकामा भेटियो वम

भक्तपुर ।  भक्तपुरको च्यामासिंहमा शंकास्पद बस्तु  फेला पारेको छ । च्यामासिंह मालपोत कार्यालय नजिकै सोमबार बिहान पौने तीन बजेतिर प्रहरीको मोबाइल टोलीले शंकास्पद बस्तु फेला पारेको हो ।

सेतो रंगको झोलामा पोको पारिएको अवस्थामा रहेको शंकास्पद बस्तु सुरक्षित रुपमा निश्क्रिय पारिएको सुरक्षा टोलीले जनाएको छ  ।भोजपुरमा आफ्ना कार्यकर्ता सुरक्षा निकायद्वारा मारिएपछि आक्रोशित बनेको विप्लव समूहले आज सोमबारका लागि नेपाल बन्द आहवान गरेको छ ।

विप्लव समूहको बन्द असफल पार्न सुरक्षाकर्मीले जनशक्ति थप गर्नुका साथै हाइ अलर्टमा रहेको उपत्यकाका सुरक्षा निकाय प्रमुखले जानकारी दिएका छन् । आइतबार बेलका ५ बजेतिर सुकेधारा र अनामनगरको घट्टेकुलोमा बम विष्फोट हुँदा ४ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।

सम्बन्धित खवर

Back to top button