नेकपा अध्यक्ष प्रचण्डको घर जाने बाटोमा भेटियो बम

काठमाडाैं ।  ललितपुरको टुटेपानी भन्ने ठाउँमा बम भेटिएको छ । बिहान विप्लव नेतृत्वको समूहले उक्त स्थानमा बम राखेको प्रहरी जनाएको छ । सो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । त्यस्तै ललितपुरकै भैंसीपाटी र खुमलटारमा पनि बम भेटिएको छ ।भैंसीपाटीको बम भने सेनाको डिस्पोजल टोली डिस्पोज गरिसकेको छ भने टुटेपानीको डिस्पोज गर्न बाँकी छ । यसैगरी, मोरङको सुन्दरहरैंचा ७ ठडिया चोक नजिक फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ ।रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ ।

कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीका अनुसार, गजुरीबाट आएको नेपाली सेनाको सेनाको टोलीले झण्डै चार घण्टा लगाएर उक्त विस्फोटक पदार्थ निस्क्रिय पारेको छ ।यस्तै, पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराए ।

ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ ।बन्दको क्रममा हेटौंडा बजारको मुख्य चोक बुद्धचोक नजिक राखेको प्रेसरकुकर बम नेपाली सेनाको निष्कृय पारेको छ ।विप्लव समूहले आह्वान गरेको बन्द सफल पार्न शंकास्पद बस्तु फेला परेको अनुमान गरिएको छ ।

सम्बन्धित खवर

Back to top button