पोखराको ऐनसेल कार्यालयमा बम बिस्फोट


पोखरा । पोखरास्थित ऐनसेल कार्यालयमा सोमबार बिहान बम बिस्फोट भएको छ । ऐनसेल कार्यालयमा नेत्रविक्रम चन्द्रविप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ । बिस्फोटबाट मानवीय क्षति भने भएको छैन । क्षतिको पूर्ण बिबरण भने यकिन भइसकेको छैन ।
भोजपुरमा आफ्ना कार्यकर्ता सुरक्षा निकायद्वारा मारिएपछि आक्रोशित बनेको विप्लव समूहले आज सोमबारका लागि नेपाल बन्द आहवान गरेको छ । यसै क्रममा देशै भरी विष्फोटनका घटना भएका छन् भने धेरै ठाउँमा सवारीसाधन जलाइएको छ ।


