तारिफ गर्दै उदितनारायणले चुमे प्रितमको हात -भिडयो


काठमाडाैं । भारतिय चर्चित टेलिभिजन शाे सारेगमप लिटिल च्याम्सकाे स्टेजमा तहल्का पिटिरहेका नेपाली बाबु प्रितम आचार्य र आयुष केसीले फेरी जोडदार प्रस्तुति दिएका छन् । भारतका लाखौ बाल कलाकारबाट छानिएर आएका उदयमान प्रतिभामाझ नेपालबाट सहभागीता जनाएका प्रितम र आयुषले आफ्नो बलियो प्रभाब छोड्न सफल भएका छन् । यो हप्ता चलिरहेको उदित नारायण झा स्पेसल एपिसोडको पहिलो एपिसोडमा नेपाली बाल कलाकार प्रितम र आयुषले आफ्नो प्रस्तुति दिएका हुन् । प्रितमसंगै दिएको जोडदार प्रस्तुतिपछी उदितनारायणले उनको हात समेत चुमेका थिए ।
नेपाली बाल कलाकार प्रितम आचार्यले आफ्नो आइडल मान्ने गरेका संगीत क्षेत्रका हस्ती उदितनारायण झालाई सारेगमपको स्टेजमै भेट्न सफल भएका छन् । प्रितम र उदितनारायणलाई जोडेर यसअघिका भिभिन्न शोमा चर्चा समेत भएको थियो । त्यति मात्र नभएर प्रितमले आफ्ना आइडल नेपाली मुलका उदितनारायणलाई भेट्ने ठुलो सपना भएको समेत बताएका थिए । यो हप्ता प्रितमले डर फिल्ममा समाबेस उदितनारायणको चर्चित गीत “तु हे मेरी किरण” गएका थिए । जुन गीत पछी जज जुरीजज तथा उदितनारायण स्वयम्ले खुलेरै प्रितामको तारिफ गरेका थिए । उदितनारायणकै अगाडी उनकै गीतमा जोडदार प्रस्तुति दिएका प्रितमले थोरै अंकको कारण चार्टबास्टर दिनबाट चुकेका थिए ।



प्रितमले उदितनारायण विशेष एपिसोडमा उदितनारायणले नेपाली चलचित्र कुसुमे रुमालमा गरेको अभिनयको पुरानो स्मरणलाई कोट्याउदै कार्यक्रममा नेपाली पन समेत देखाएका थिए । जुन कार्यक्रम हेरिरहेका देश बिदेशमा रहेका नेपालीहरुलाई खुसि बनाउने क्षण समेत थियो । अबको प्रतिस्पर्धा टप १३ का लागि भएकाले पनि कसले कति अंक ल्याउछ भन्ने कुराले महत्व राख्नेछ । टप १४को लागि भएको प्रस्तुतिमा आफ्नो जोडदार प्रस्तुति दिएका प्रितमले यसपटक पनि जुरीजजबाट अलि कम अंक पाएका छन् । यद्धपि आफ्नो प्रभाव भने जमाईरहेका छन् ।
हेर्नुस् भिडियो