बढ्नेभयो कर्मचारीको तलब २० प्रतिशत, वृद्धभत्ता पाँच सय

काठमाडाैं ।  यसपटक सरकारी कर्मचारीको तलब २० प्रतिशतले बढ्ने भएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता समेत पाँचसय रूपैयाँ बढ्ने भएकाे छ । स्रोतका अनुसार  ‘गत वर्ष सामाजिक सुरक्षाभत्ता नबढाउँदा सर्वत्र आलोचना भएपछि अहिले कम्तिमा पनि पाँच सय रुपैयाँ बढाएर दुई हजार पाँच सय पुर्याउने तयारी गरिएको छ,’ अर्थमन्त्रालयका एक उच्च अधिकारीले भने, ‘श्रोतले भ्याए एक हजार रुपैयाँ पनि बढाउन सकिन्छ। तर, कम्तिमा पाँच सय भने अवश्य बढ्नेछ।’  

नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने भनेको थियो। केही समयदेखि कर्मचारी संगठनहरुले तलब र भत्ता बढाउन अर्थमन्त्री खतिवडालाई दबाब दिँदै आएका छन्। अर्थमन्त्रीसँगको छलफलमा उनीहरु २० प्रतिशतमा सहमत भएको ती अधिकारीले बताए।

यो वर्ष बजेट कस्तो आउला भनेर सबैलाई कैतुहल भएको छ । धेरै जसो सरकारी कर्मचारी भने बढ्छ भनेर ढुक्क भएका छन् । चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चाले पनि गत वर्षको बजेटमा भत्ता नबढाउँदा सरकारको आलोचना भएको थियो। नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको बाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ।

 

सम्बन्धित खवर

Back to top button