‘विष्फाेटमा मारिने नागरिक हाेइनन्’ भन्ने गृहमन्त्रीको भनाइप्रति कांग्रेसको आपत्ति

काठमाडाैं ।  राजधानीमा भएका शृंखलाबद्ध बम विस्फोटमा मृत्यु भएका सामान्य नागरिक नभएको भन्ने गृहमन्त्री रामबहादुर थापाको भनाइप्रति संसदमा प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षालगायत पछिल्ला घटनाबारे जानकारी गराउँदै गृहमन्त्री थापाले बम विष्फोटमा संलग्नहरु र मारिनेहरु नागरिक नभएको बताएका थिए । लगत्तै कांग्रेसका सांसदहरुले त्यसको आपत्ति जनाएका हुन् । उनीहरुले घटनामा मारिने ‘कुन देशका नागरिक हुन्’, भनी गृहमन्त्रीलाई प्रतिप्रश्न गरे।

सांसद पुष्पा भुसालले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसक्ने सरकारले हठ नत्याग्ने र विप्लवले पनि आफ्नो हिंसा नत्याग्ने हो भने त्यसको पीडा सर्वसाधारणले कहिलेसम्म भोग्नुपर्ने भनी प्रश्न गरिन् । उनको प्रश्न गिरन्, “गृहमन्त्रीले राजधानीमा भएको विष्फोटमा परी मृत्यु भएका ४ जना नेपाली जनता होइनन्, नेपाली नागरिक होइनन् भन्नुभयो। उनीहरु नागरिक होइनन् भने को हुन् ?’

सांसद देवेन्द्रराज कँडेलले ‘हिजोको द्वन्द्वकालीन समयमा तात्कालीन सरकारले बोल्ने भाषा नै गृहमन्त्रीले प्रयोग गरेको भन्दै हिजोको सरकारले गरेको काम गलत थियो कि सही‘ भनी प्रश्न गरे । उनको प्रश्न थियो, “जो मरे पनि के ती नेपाली नागरिक होइनन् रु हिजो मरेका पनि नेपाली नागरिक होइनन् ?” सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारलाई हठ छोड्न र विप्लवलाई हिंसा छोड्न आग्रह गरे । सांसद लक्ष्मी परियारले मृत्यु भएकाहरु नेपाली होइनन् भने को हुन्? भनी प्रश्न गरे। सांसद पार्वती डिसी चौधरीले बम विष्फोटमा मृत्यु हुने नेपाली नभए को हुन् भनी प्रश्न गरिन्। सांसद उमा रेग्मीले राजधानीको बमकाण्डले सबैलाई तत्कालीन माओवादीको झल्को दिलाएको भन्दै वार्तामार्फत् समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन्।

सम्बन्धित खवर

Back to top button