दुःखद खबर ! अजय देवगणका पिताको हृदयघात भइ निधन

एजेन्सी । बलिउड स्टार अजय देवगणका पिता तथा चर्चित द्वन्द्व निर्देशक विरु देवगणको हृदयघात भइ निधन भएको छ ।

बलिउडका व्यापार विश्लेषक तरन आदर्शले ट्विट गर्दै देवगणको सोमबार बिहान हृदयघात भइ निधन भएको खुलासा गरेका हुन् ।

विरु देवगणले छोरा अजय र बलिउड सुपरस्टार अमिताभ बच्चन अभिनित फिल्म ‘हिन्दुस्तानकी कसम’को निर्देशनसमेत गरेका छन् ।

‘फूल और काँटे’ मार्फत् छोरा अजयलाई बलिउडमा भित्र्याएका विरुको सोमबार साँझ अन्तेष्ठी गरिने आदर्शले जनाएका छन् ।

सम्बन्धित खवर

Back to top button