दुःखद खबर ! आमाले नै गरिन २२ महिने बालकको विभत्स हत्या
भाेजपुर । कहिलेकाँही विश्वस नै गर्न नसकिने घटना घट्छन् । त्यस्ता घटना विरलै घट्दछन् । जो पत्याउन ज्यादै मुस्किल हुन्छ । त्यस्तै भएको छ भोजपुरमा पनि । यहाँको एक महिलाले आफ्नै २२ महिने छोराको हत्या गरेकी छिन् ।
भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासिखोरा घर भई भोजपुर नगरपालिका वडा नम्बर ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीय श्रीमती सम्झना थापाले आज विहान आफ्नै २२ महिने छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाई छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । भाेजपुर नगरपालिकाको पानीट्याङकीमा कोठा भाडा लिएर बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।