बाहिरियो बमकाण्डको रहस्य ! ज्यान जोगाउन रविन केसीले यसो भनेका थिए

काठमाडौं ।  सिंहदरबारको छेउमै बसेर काठमाडौं उपत्यकाभित्र बम विस्फोट गराइ आतंक मच्चाउने तयारी गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थी नेता रविन केसी पक्राउ परेपछि सबै कुराको भेद खुलेको छ । केसीकै सूचना र बयानका आधारमा प्रहरीले शुक्रबार नेकपाका थुप्रै नेता तथा कार्यकर्ता र विस्फोटक सामानहरू पक्राउका साथै बरामद गरेको थियो । अनामनगरको बैद्यखानास्थित एउटा पुरानो घरमा कोठा भाडामा लिएर नेकपाका बम र दस्तावेजहरू राखेर गतिविधि गर्दै आएका उनीहरूले शुक्रबार अपरान्ह सवा चार बजे बम काण्ड गरेपछि सबै रहस्य बाहिर आएका हुन् । सिंहदरबार प्रहरी प्रभागका प्रमुख एवम् डिएसपी काजी आचार्यले आइतबार बम विस्फोट भएको कोठामा नेकपाका नेताहरूको बाक्लै आउजाउ रहेको बताए ।

लोकमञ्जरी कार्कीको घरमा कोठा भाडामा लिएर नेकपाका नेता तथा कार्यकर्ताहरू बस्दै आएका थिए । सोही कोठामा आइतबार अपरान्ह सवा चार बजे बम विस्फोट भएपछि अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् सीटीइभीटीका अध्यक्ष प्रज्वल शाहीको मृत्यु भएको थियो । उनीसँग बम विस्फोटमा परेका अखिल क्रान्तिकारी त्रिचन्द्र क्याम्पस ईकाइका अध्यक्ष रविन केसी गम्भीर घाइते भएका थिए । कोठामा रहेका अन्य चार जना बम विस्फोट हुनेवित्तिकै फरार भएका थिए । कोठामा बसेर बमहरू कहाँ–कहाँ ? कसरी ? लगेर विस्फोट गराउने भनेर योजना बनाइरहेका बेला टाइमिङ नमिलेर बम विस्फोट भएको थियो । प्रहरीका अनुसार सोमबार बिहान सवा चार बजे बम विस्फोटको समय राखिएको थियो । तर, असावधानीले गर्दा आइतबार अपरान्ह सवा चार बजेको समय राखिएका कारण राजधानी उपत्यकाभित्र नेकपाका नेताहरू आफैले बोकेको बम विस्फोट भएर मारिनुका साथै घाइते भए ।

बैद्यखानामा बम विस्फोट भएपछि घाइते भइ रगतसहित कोठाभन्दा बाहिर आएका त्रिचन्द्र ईकाइका अध्यक्ष रविन केसीले शुरूमा सिलिण्डर पण्डिएको भन्दै आफूहरूको उद्धार गर्न स्थानीयहरूलाई आग्रह गरेका थिए । तर, ठूलो आवाजसहित विस्फोट भएपछि स्थानीयले पहिला प्रहरीलाई खबर गरिदिएका थिए । प्रहरी आउने चालपएपछि रविन केसी बम विस्फोट भएको घरदेखि घट्टेकुलोको खसीचोकतिर ‘मलाई बचाउनुस्, उपचार गर्न अस्पताल लैजानुस्’भन्दै दौडिएका थिए । पछि स्थानीयले नै रविन केसीलाई अस्पताल पुर्‍याएका थिए । लोकमञ्जरी कार्कीको घरमा बसेका नेकपाका नेता तथा कार्यकर्ताहरूको बाक्लै आवतजावत थियो । भाडामा बस्नेहरूले उनीहरूको चालामाला ठीक छैन भनेर बारम्बार हटाउन आग्रह गर्दै आएका थिए । तर, भाडाको लोभमा घरधनीले उनीहरूलाई हटाएकी थिइनन् । आइतबार बैद्यखाना बम कण्डमा परेका उनीहरूले धेरै लामो समयदेखि सो कोठालाई सेल्टरका रुपमा प्रयोग गर्दै आएको खुलासा भएको छ । दैनिक नेपालले यो समाचार प्रकाशित गरेको छ ।

सम्बन्धित खवर

Back to top button