मुख्यमन्त्रीलाई निशाना बनाई शक्तिशाली बम विस्फोट, सुरक्षाकर्मीको भागाभाग

कालिकाेट ।   कालिकोटको पलाता गाउँपालिकाको थिर्पुमा कार्यक्रम सम्बोधन गरि रहेका बेला मुख्य मन्त्रीलाई लक्षित गरी बम बिष्फोट गराइएको छ । मुख्यमन्त्रीको संबोधन सुरु हुँदै गर्दा कालिकोट थिर्पुमा प्रेसकुकर बम बिष्फोट भएको हो । प्राप्त जानकारी अनुसार प्रदेश ६ को मुख्य मन्त्री महेन्द्र बहादुर शाहिलाई केन्द्रित गरी भएको विष्फोटबाट मन्त्री जोगिएका छन् ।

मुख्य मन्त्री शाहीले सम्बोधन सुरु गर्न साथ बिष्फोट भएको स्थानीयले बताएका छन् ।  एक्कासी कार्यक्रम नजिकै भएको विष्फोटपछी सुरक्षा कर्मीहरु पनि अतालिएर भागभाग भएको खबर प्राप्त भएको छ । विष्फोट कार्यक्रम स्थल र मुख्य मन्त्री चडि आएको हेलिकप्टर नजिकै भएको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकीं छ । उक्त विष्फोट विप्लव नेतृत्वको समूहले गराएको हुनसक्ने आशंका गरिएको छ ।

 

सम्बन्धित खवर

Back to top button