म प्रधानमन्त्री भए बलात्कारीलाई फाँसी दिने नीति बनाउथेँ – वर्षा राउत

काठमाडौं । चर्चित अभिनेत्री वर्षा राउतले आफू प्रधानमन्त्री भए पहिलो काम महिलालाई कडा सुरक्षाको व्यवस्था गर्थें भनेकी छन् । वर्षाले भनिन् ‘म महिला भएको कारणले पनि त्यो गर्नैपर्छ । तर, मलाई थाहा छैन, अपराधी–बलात्कारीलाई कसरी खोज्ने । त्यो पनि सिक्थेँ ।’

उनले अझै थपिन ‘बलात्कारको केस नसुल्टिएर अपराधी हाम्रै अगाडि निर्धक्क हिँडिरहेका छन् । उनीहरूलाई कठघरामा उभ्याउँथेँ । बलात्कारीका लागि हदैसम्मको कठोर सजाय दिनुपर्छ । म त फाँसी नै दिने नीति बनाउँथेँ ।’

उनले भनिन् ‘त्यसपछि ट्राफिक जाम हल गर्थें । यसले सहरवासीलाई दुःख दिएको छ । काठमाडौंको अर्को समस्या धुलो हो । धुलो हटाउने व्यवस्था गर्थें । त्यसपछि मात्र अरू विकासतिर लाग्थेँ ।’

सम्बन्धित खवर

Back to top button