काठमाडौं । सत्तारुढ नेकपाकै नेता भीम रावलले कर्णाली र सुदूरपश्चिमलाई बजेटले प्राथमिकता नदिएको टिप्पणी गरेका छन् । प्राथमिकताका क्षेत्रमा बजेट नपारेको भन्दै रावलले आक्रोशित हुँदै बजेटमाथि टिप्पणी गरेका हुन् ।
आफ्नै पार्टीका अर्थमन्त्रीले पेश गरेको बजेटबारे नेकपा स्थायी कमिटी सदस्य रावलले भने,‘पश्चिम सेती जलविद्युतको कुरा आएन । सेती लोकमार्ग कहाँ हरायो कहाँ? पछि परेका र अगाडि जानुपर्ने क्षेत्रबाट हेर्दा टिप्पणी गर्नुपर्ने खालको छ बजेट।’