केदारनाथको दर्शन गरी जान्नुहोस् तपाइँको आज

आज वि.सं. २०७६ जेठ १६ गते बिहिवारको राशिफल
  (ज्यो.प. नारायणप्रसाद दुलाल)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मन कमजोर रहला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आँटेकोे र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

रोमाञ्चक यात्रा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । व्यापार व्यवसायमा वाधा आउनेछ । मन खिन्न हुने स्थिति आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । विपरित वर्गप्रति आकर्षण बढ्नेछ ।

यद्यपी,
तपाईंको भाग्यको निर्धारण तपाको आफ्नै सकारात्मक सोच, लगनशीलता, लक्ष्यप्रती दृढ र निरन्तरको कर्मले गर्नेछ । राशिफल कुरा धर्मप्रतिको विश्वास मात्रै हो ।

सम्बन्धित खवर

Back to top button