राेकियाे निर्माणाधीन रंगशालाकाे काम, सुचारूका लागि जनदबाब आवश्यक


चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणकाे काम राेकिएकाे छ । बुधबार बिहान निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएपछि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस)ले विज्ञप्ति निकालेर तत्कालको लागि निर्माण कार्य स्थगित गरेको जानकारी गराउनुभएको छ । कर्मचारी, कामदारको जिउ ज्यान, भौतिक सम्पतिको सुरक्षाको विषयमा खतरा र गम्भीर परिस्थितिको सिर्जना भएकाले काम स्थागीत गर्नु परेकाे जारी विज्ञाप्तिमा उल्लखे छ । स्थायी समाधान र कार्यवातावरण तयार नभएसम्मका लागि कामकारवाही स्थगित गरिएको बताइएको छ ।
धुर्मुस सुन्तली फाउण्डेनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले निर्माणाधिन रंगशालमा बार भट्ट्काइनु एकदमै दु:दख घटना भएको बताउनु हुँदै सराेकारवाल निकायकाे ध्यानाकर्षण पनि गराउनु भएकाे छ . ‘सबैको हौसला र ऊर्जा प्रदान भइरहेको अवस्थामा केही उच्छङ्खल समूहबाट रंगशाला परियाेजनाकाे पश्चिमतर्फको अस्थायी बारबेरमा अराजकीय तरिकाबाट डोजर प्रयोग गरी तहसनहस बनाइ ठूलाे क्षति पुर्याइएकाे प्रति सम्पूर्ण सराेकारवाल निकाय तथा व्यक्तिहरूमा ध्यानाकर्षण गराउँदै छौँ । ‘ जारी विज्ञाप्तिमा भनिएकाे छ ।



रंगशाला निर्माणको काम सुरु गरेदेखि नै कार्य वातावरणमा असहजता सिर्जना गर्ने, विभिन्न अनुचित माग राख्ने र फाउण्डेशनका कर्मचारी तथा सहयोगीहरुलाई धम्क्याउने लगायतका अनुचित कार्य भैरहँदा पनि चितवनवासीको सम्मानमा चोट नपुगोस् भनेर यस्ता गतिविधिलाई सामान्य रुपमा लिँदै काम अघि बढाइरहेको अवस्थामा अहिले सुरक्षा माथि नै चुनौती बढेपछि बाध्य भएर निमार्णकाे काम स्थागीत गर्नु परेकाे जारी विज्ञाप्ति मार्फत जनाइएकाे छ । उक्त घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग पनि गरिएकाे छ । रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेलसहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेकाे छ । उनीहरूलाई बुधबार राति नै प्रहरीले पक्राउ गरेकाे हाे । उनीहरूले कृषि तथा वनविज्ञान विश्वविद्यालयका कर्मचारीहरुले खिचेको फोटोलाई पनि डिलिट गर्न धम्की समेत दिएकाे थियाे ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जाली, त्यस वरपरका रुखहरू ढलाएका एवं ती व्यक्तिहरुले झण्डै एक किलोमिटर जति बार भत्काएको थियो ।निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा केही व्यक्तिले बार भत्काउने काम गरेकोप्रति चाैर्तफी आक्रोश व्यक्त गरिरहेका छन् । सामाजिक सञ्जालमा दोषीमाथि कडा कारबाहीको माग गरिरहेका छन् । धुर्मस सुन्तली फाउण्डेशनले बनाउन सुरू गरेको यो रंगशाला गत माघ १६ गते फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो।