एजेन्सी । मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा सडक दुर्घटनामा परि २१ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रहरीका अनुसार ओरालोमा गुडिरहेको बसको ब्रेकले काम नगरेका कारण यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर उक्त दुर्घटना भएको थियो । दुर्घटना लगत्तै बसमा आगलागी समेत भएको थियो ।
बसमा रहेका व्यक्तिहरुको स्थानीय आपतकालीन टोली पुगेर उद्धार गरिएको छ । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिइएको छ ।