नवलपुरमा बस र ट्रक ठोक्किदा २ को मृत्यु, १८ घाइते

कावासोती ।  पुर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरको देवचुली २ दुम्कौलीमा बस र ट्रक एक आपसमा ठोक्किदा बसमा सवार  २ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएकाे प्रहरीले जनाएको छ ।

नारायणगढबाट पाल्पाका लागि छुटेको ना २ ख ४८८० नम्बरको ट्रक र कावासोती देखि नारायणगढ तर्फ जादै गरेको ना ४ ख ५२९५ नम्बरको बस र ट्रक एक आपसमा ठक्कर खादा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने बस चालक सहित १८ यात्रु घाइते भएका छन् । साथै एकजना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी ।

सम्बन्धित खवर

Back to top button