सडक दुर्घटनाबाट सप्तरीमा एकको मृत्यु, चार घाइते


राजविराज, १७ जेष्ठ । सडक किनारमा रोकेर यात्री चढाइरहेको भ्यानलाई शुक्रबार अपरान्ह सप्तरीको सुरुङ्गा नगरपालिकामा एक मिनी ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
सुरुङ्गा नगरपालिका ५ कुशहास्थित मसिलाल जनता मावि अगाडि महेन्द्र राजमार्गमा भएको दुर्घटनामा भ्यानमा सवार सुरुङ्गा नगरपालिका ७ की ६५ वर्षीया हदिसा खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।



पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना १ ज ५५५६ नम्बरको भ्यानलाई सोही दिशाबाट जाँदै गरेको अमूल्य फिड प्रालिको को १ क २१२० नम्बरको मिनी ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। घाइते एक बालकसहित चारजनाको लहानस्थित सप्तऋषी अस्पतालमा उपचार भइरहेको छ। मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।