असहाय, गरिब, दीनदुःखीहरूको सहारा बन्दै अन्जु पन्त
काठमाडौ । सुमधुर स्वरकी धनी अन्जु पन्त यतिबेला सामाजिक कार्यमा तल्लिन भएकी छिन् । नेपाली सुगम गीत, गजल तथा पाश्र्व गायनमा निकै रुचाइएकी चर्चित गायिका अन्जु पन्तले आफनो परिचय सेलिब्रेटीको रुपमा मात्र होईन एक समाजसेवीको रुपमा पनि बनाउँदै आएकीछिन् । गीत संगितको क्षेत्रमा नाम र दाम दुबै कमाएकी यी गायिका पछिल्लो समय ‘अन्जु पन्त फाउन्डेशन’माफर्त दीनदुःखीहरुलाई सहयोग गर्दै आएकीछिन् । गरिब तथा असाहय बालबालिकाहरुलाई विशेष हेरचाह गरिरहेकी छिन् ।
उनले आर्थिक स्थिती कमजोर भएकाहरुलाई राहत तथा गरिब बालवालिकालाई पाठ्यसामग्री , जाडो याममा लगाउने लत्ता कपडा लगायतका सामानहरु बितरण गर्दै आईरहेकीछिन् । तीनै असहाय बालबालिकाहरुका लागि घर बनाउँने अभियानमा जुटेकीछिन् । अन्जुले पर्साको सुगौलीमा करिव ३५ घर धुरीका लागि बस्ती निर्माण गर्ने भएकी छिन् । दुई वर्ष अगाडी बाढीले घर बगाएपछि उनीहरु टहरोमा बस्दै आएका छन् ।
उनीहरुको अवस्था दयनीय छ, खाने पकाउने भाडाकुडा देखि ओड्ने ओछ्याउने कपडासम्म छैन । यस्तो स्थानीयकै आग्रहमा अन्जु बस्ती बसाल्ने अभियान थाल्ने भएकी हुन् । बस्ती निर्माणको निर्णयसंगै उनले अहिले नाप नक्साको काम गरिरहेकीछिन् ।
हाल कागजी प्रक्रिया चलिरहेको उनले बताएकीछिन् । अन्जुले अमेरिकामा भएको कार्यक्रम मार्फत केही रकम जम्मा गरेकीछिन् । तर त्यो पर्याप्त छैन त्यसैले सहयोगी मन समक्ष उनले सहयोगको हात अघि बढाउन आग्रह गरेकी छन् ।
गायिका अन्जु बस्ती निर्माणका लागि मात्र होईन स्थानीयलाई रोजगारी मिलिरहेको समेत बताउँछिन् । केही समय यता अन्जु पन्त समाज सेवामा लागिरहँदा अर्को तर्फ उनलाई समाज सेवाको नाममा क्रिश्चियन धर्मको प्रचारप्रसार गर्ने गरेको आरोप समेत लाग्दै आएकाे छ ।