काठमाडाैं उपत्यकामा हावाहुरी सहित भिषण वर्षा


काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकमा हावाहुरीसंगै भिषण वर्षा भएको छ । शनिवार साझा हावाहुरीसंगै वर्षा भएको छ । काठमाडौँको आकाशमा कालो बादल लागेको देख्न सकिन्छ । जोडसंग हावाहुरी चलेको छ।
मौसम पूर्वानुमान महाशाखाले देशको पुर्वी तथा मध्य भु–भाग लगायात पश्चिमी पहाडी भु–भागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भु–भागमा आंशिक बदली रहने जनाएको छ ।



देशका केही स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना रहेकाे मौसम विभागले जनाएको छ । मौसम विभागले रातिको समयमा देशैभरि आंशिकदेखि सामान्य वदली भइ देशको पश्चिमी भु–भागका केही स्थानहरुमा र मध्य तथा पुर्वी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको बताएको छ ।








