पञ्‍चकुण्ड धामः जहाँ पुगेर स्नान गरि पुजा गरेमा सम्पूर्ण पाप नष्ट हुन्छ  

म्याग्दी, १९ जेष्ठ । अन्नपूर्ण पदमार्ग विश्वकै उत्कृष्ट गन्तव्‍य पनि हो। तर, यही उत्कृष्ट गन्तव्यमा रहेको पञ्चकुण्ड धामबारे कतै चर्चा परिचर्चा सुनिँदैन। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने यो धामको प्रचारमा अहिले स्थानीय कस्सिएका छन्। परापूर्व कालमा भगवान शिवले बास गरेको थलो भएको बताइने यहाँ अन्नपूर्ण हिमाल (पहिलो) ८०९१ मिटर उचाइबाट हिउँ पग्लेर खसेर ताल बनेको छ। एउटा खाल्डोमा पाँच भागमा ताल बनेको छ।

नजिकै भगवान शिवको मन्दिर पनि छ। ४३०० मिटर उचाइमा रहेको यस तालमा स्नान गरी नजिकै रहेको शिव मन्दिरमा पूजाआजा गरेर पाप नष्ट हुने धार्मिक विश्वास छ। ‘यहाँ आएर पूजा आजा गरेर स्नान गरे पाप नष्ट हुन्छ’, स्थानीय तेजबहादुर गुरुङले भने। उक्त ठाउँको प्रचारप्रसार र संरक्षणको लागि स्थानीयहरूसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पनि सहयोग गरेको छ। म्याग्दी सदरमुकामबाट उक्त क्षेत्र पुग्न चार दिनको पैदल यात्रा गर्नुपर्छ।  यो  सन्तोष अधिकारीले थाहाखबरको लागि तयार पारेका हुन् ।

सम्बन्धित खवर

Back to top button