यस्ता काम गरे कर्मचारीलाई हुने भयो कडा दण्ड सजायँ
काठमाडौं, जेठ १९ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आईतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै बन्द र हडताल गर्ने कर्मचारीलाई उनीहरुले गरेको गल्तीको आधारमा कडा दण्ड सजायको व्यवस्था हुने बताएका छन् ।
मन्त्री पण्डितले इमान्दार भएर जनताको सेवा नगर्ने कर्मचारीलाई राज्यले दण्डित गर्ने पनि बताए । उनले ट्रेड युनियनमा आवद्ध हुने कर्मचारीहरुले ड्यूटी नगरे पनि हुने मान्यता सरकारलाई स्विकार्य नहुने पनि स्पष्ट पारेका थिए।
मन्त्री पण्डितले कर्मचारीहरुलाई बन्द र हडताल गर्न पूर्ण रुपमा प्रतिबन्द गराउने चेतावनी समेत दिएका छन्। उनले ट्रेड युनियनमा आवद्ध पदाधिकारीहरुको मर्यादाक्रम विशिष्ट श्रेणीको कर्मचारी सरह हुनुपर्ने माग जायज नभएको पनि बताए।