सोलुखुम्बु घटनाबारे विप्लवको आयो यस्तो प्रतिक्रिया

काठमाडौं, २० जेष्ठ । बिप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको बताएकाे छ । नेकपाले एक बिज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएको हाे ।

उक्त पार्टीका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ । सामाजिक दलाल सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा आफ्नो पार्टीद्धारा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताएइएकाे छ । प्रवक्ताको विज्ञप्तिमा पूर्वी नेपालमा दमन गर्ने उद्देश्य अनुरूप झूट्टा समाचारप्र सारण गराइएको उल्लेख गरिएको छ ।

चौकी कब्जा गर्न लागेको भन्दै नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सोलुखुम्बु पु¥याइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेकाे छ । यस घटनाको भने विप्लव नेतृत्वको नेकपाले खण्डन गरेको छ । उसले खण्डन गर्दै भनेको छ ‘यस्ता अतिरञ्जित र आततायी हुने हल्ला फिजाएर पक्राउ गरेका कार्यकर्ता मुठभेडको नाममा मार्ने प्रपञ्चमा सरकार लागि परेको छ, हाम्रो पार्टी यसको घाेर भर्त्सना गर्दछ ।’

थालियो यस्तो अट्कल गर्न 

सोलुखुम्बुको महाकुलुङमा रहेको प्रहरी चौकीमा गएराति नेकपाका केही कार्यकर्ताले आक्रमण गर्न लागेकाे खबर फैलाइएकाे थियाे । गाउँमा १५/१६ जनाकाे संख्यामा नयाँ मान्छे देखिएपछि उनीहरु चाैकी नै आक्रमण गर्न आएकाे हुनसक्ने भन्दै प्रहरीहरु सबै चाैकी छाेडेर भागेकाे बताइएकाे छ । तर, त्यहाँ कुनै केही घटना नभएकाे बताइन्छ । महाकुलुङमा गएराति विप्लवका कार्यकर्ता देखिएकाे हल्ला फैलिएपछि आजै साेलुखुम्बु जिल्ला सुरक्षा समितिकाे बैठक पनि बसेकाे बताइएकाे छ ।  प्रहरीले यति ठूलो संख्यामै सुरक्षाकर्मी किन परिचालन गर्नुपर्यो भन्ने केही बताएको छैन । यति ठूलो संख्यामा सुरक्षाकर्मी राजधानीबाट सोलुखुम्बु लगिनुलाई केहीले कतै ठूलो नक्कली भिडन्त गर्न खोजिएको वा मनोवैज्ञानिक त्रास उत्पन्न गर्न खोजिएको हुनसक्ने विश्लेषण पनि कतिपयले गरेका छन् ।

गृहमा बस्यो विशेष बैठक

हिजाे राति त्यस्ताे हल्ला चलाएर आज बिहान भने ठूलाे मात्रामा सुरक्षाकर्मी काठमाडाैं र विराटनगरबाट त्यस ठाउँमा हेलिकाेप्टरबाट परिचालन गरिएको छ । यसलाइ धेरैले अनेक आशंका गरेका छन् । नेपाली सेनाकाे हेलिकाेप्टरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे विशेष टाेली साेलुखुम्बु पठाउनु अघि आजै गृहमन्त्रालयमा विशेष बैठक पनि बसेकाे बुझिएकाे छ । बैठकमा गृहमन्त्री, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख समेत सहभागी थिए ।

मुठभेटको नाममा कार्यकर्ताको हत्या 

नेकपाका अनुसार  केही दिन अघि मात्र भाेजपुरकाे जंगलमा नक्कली भिडन्त देखाएर नेकपाका एक जना कार्यकर्ताकाे हत्या गरिएकाे थियाे । भाेजपुरकाे षडानन्दनगरपालिका वार्ड नं. २ मा पर्ने कुदाककाउलेको जंगलमा ठूलाे संख्यामा विप्लवका सेना जम्मा भएकाे र त्यहाँ सुरक्षाकर्मी पुग्दा भएकाे भिडन्तमा तिर्थराज घिमिरे नाम गरेका एक कार्यकर्ता घाइते भएकाे प्रहरीले दावी गरेकाे थियाे । तर, पछिल्लाे दिन उनकाे धरान अस्पतालमा निधन भएकाे थाहा भएकाे थियाे । प्रहरीले उक्त भिडन्तमा हतियार र गाेलीगठ्ठा समेत फेला पारेकाे दावी गरेकाे थियाे । तर, त्याे घटना कुनै भिडन्त थिएन र पक्राउ गरेपछि तिर्थ घिमिरेलाइ गाेली हानिएकाे थियाे भन्ने पछि बाहिर आएकाे थियाे ।

त्यसघटना लगत्तै राजधानीका तीन ठाउँमा वम विष्फाेट भएका थिए । ती विष्फाेटका घटनामा ४ जनाकाे ज्यान गएकाे थियाे । त्यसलगत्तै साेलुखुम्बुमा यसखालकाे क्रियाकलाप देखिएपछि घटना रहस्यमय बनेकाे छ ।

सम्बन्धित खवर

Back to top button