भ्रष्टाचार विरूद्ध बाेलेपछि निर्घात कुटपिट गरि थुनामा राखियो

भ्रष्टाचार विरूद्धका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारको विराेध गरेपछि थुनामा जानुपरेकाे छ । पक्राउ गर्दा निर्घात कुटपिट गरेका कारण उनी यतिबेला उपचारार्थ छन् । यसैबीच उनका समर्थकहरूले भने आज ‘ज्ञानेन्द्र शाही  जीन्दाबाद’ भन्दै उपचार भैरहेकाे  राजधानीको ट्रमा सेन्टर अस्पताल अगाडि नारा लगाएका थिए । उनलाई प्रहारीले बयानको लागि अदालत लिने क्रममा अस्पताल अगाडि समर्थकहरूले नारा लगाएका हुन् ।

उनको स्वास्थ्यमा सुधार आउँन अझै केहि समय लाग्ने उनका एक समर्थकले बताए। उनको अनुसार, शाहीले उथान गरेको अभियानमा समर्थन रहनेछ। जेष्ठ १५ गते सुर्खेतमा करिब २००० जना व्यक्तिहरुको हाराहारीमा शान्तिपूर्वक भ्रष्टाचारविरोधी सम्मेलन गर्दागर्दै प्रहरीले धरपकड गरी पक्राउ गरेको थियो ।

उनलाई साइभर अपराधको मुद्दा लगाइएको छ। ज्ञानेन्द्र शाही प्रहरीको निर्घात कुटपिटबाट घाइते भएका उनको राजधानीको ट्रमा सेन्टर उपचार भईरहेको थियो।

सम्बन्धित खवर

Back to top button