सरकारले दियो बुधबार इदको सार्वजनिक बिदा


काठमाडाैं,२१ जेठ : सरकारले भोलि (बुधवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जेठ १० गतेको मन्त्रिपरिषद् निर्णय अनुसार २२ गते परेको मुस्लिम धर्मावलम्बीहरूको पर्व इदुल्ल फित्र का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
गृह मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले भोलि सार्वजनिक बिदा हुनेछ।’


