satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

भृकुटीमण्डपमा हुँदैछ ब्रह्मलुट

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ जेष्ठ २२ मा प्रकाशित
523
भृकुटीमण्डपमा हुँदैछ ब्रह्मलुट

काठमाडौं । राजधानी काठमाडौंको केन्द्रमा अवस्थित भृकुटीमण्डपको प्रवेशद्वारकै दायाँतर्फ एउटा शौचालय छ । उपत्यकाको थोरै अशक्तमैत्री शौचालयमध्ये यो एक हो । केपी बिल्डर्स प्रालिको नामबाट तीर्थबहादुर राईले यो शौचालय सञ्चालन गर्ने जिम्मा लिएको डेढ बर्ष भयो । समाज कल्याण परिषदले आह्वान गरेको बोलपत्रबाट छानिएर राईले ५ वर्षका लागि यो ठेक्का पाएका हुन् । तीन महिनाको भाडा बराबरको रकम धरौटी राखेका राईले परिषदलाई मासिक एक लाख १६ हजार १९९ रुपैयाँ बुझाइरहेका छन् । यही शौचालयको बाँयातर्फ करिब पाँचसय मिटर पूर्वतर्फ ल्याम्ह पुचः बाल उद्यान सञ्चालनमा छ । २५ रोपनी जमिनमा फैलिएको यो उद्यानमा ल्याम्ह पुचः नामक गैरसरकारी संस्थाले फनपार्क सञ्चालन गरेको २३ वर्ष भयो । एउटा शौचालयले मासिक एक लाख १६ हजार बढी भाडा समाज कल्याणलाई तिर्छ तर २५ रोपनी जमिनको भोग चलन गर्ने ल्याम्ह पुचःले परिषदलाई मासिक १३ हजार ९३० रुपैयाँ मात्र बुझाउँछ । मासिक ५ हजारबाट सुरु भएको भाडा २३ वर्षमा १४ हजार पुग्न लागेको ०५३ सालको सम्झौताले देखाउँछ ।

ल्याम्ह पुचः खोज्दै जाँदा

नेवारी नाम ल्याम्ह पुचः को नेपाली अर्थ ‘युवा समूह’ हुन्छ । सरकारी जग्गामा पूर्ण व्यापारिक फनपार्क चलाएर वार्षिक सात करोड रुपैंयाभन्दा बढी कमाइरहेको यो संस्थाले आफूलाई भने अचम्मै लाग्ने गरी गोप्य राख्न चाहेको बुझियो । त्यत्रो कमाइरहेको संस्थाको वेबसाइट त के फेसबुक अकाउण्ट समेत नभेटिएपछि कार्यालय खोज्दै जाँदा बागबजारको अद्वैत्त मार्गस्थित शहीद शुक्र माध्यमिक विद्यालयको वाँया पट्टिको सडकबाट अर्को वायाँ गल्ली छिचोलेपछि चिनियाँ ईटाबाट बनेको तीन तले घर भेटियो । त्यही रहेछ ल्यम्ह पुचःको आफ्नै कार्यालय भवन । त्यहाँ साईनवोर्डसम्म राखिएको छैन । घरको दोस्रो तल्लाको एउटा कोठामा संस्थाको अस्तव्यस्त कार्यालय रहेछ । बाँकी सबै कोठा र तला भाडामा लगाइएको रहेछ । कार्यालयमा भेटिएकी महिला कर्मचारीले संस्थाको अध्यक्ष सहनशीला श्रेष्ठ र महासचिव टंक पन्त रहेको बताइन् । महासचिव पन्त पत्रकार रहेकाले प्रवक्ताको भूमिकामा पनि उनै रहेको बाहेक आफूलाई अरु जानकारी नभए उनले बताइन् । तर, उनैले दिएको नम्बरमा फोन गरेर संस्था र फनपार्कबारे जिज्ञासा राख्नासाथ पत्रकार टंक पन्तले ‘म त्यो व्यक्ति होइन, फोन राख्नुस्’ भन्दै काटे । संस्थाका अन्य पदाधिकारीहरुसँग सम्पर्क गर्न खोज्दा कसैले पनि कुरा गर्न चाहेनन् । निक्कै प्रयासपछि अनलाइनखबरसँग बोल्न तयार भएकी संस्थाकी अध्यक्ष श्रेष्ठले फनपार्कको आम्दानीलाई समाज सेवामा लगाएको दाबी गरिन् । भनिन्, ‘हामीले गन्हाउने झाडी फाँडेर राम्रो बनाएपछि सबैको आँखा लाग्न थालेको मात्र हो ।’ पछिल्लो समय उनी र महासचिव पन्त सम्पर्कविहीन छन् । कार्यालयमा संस्थाबारे जे बोल्नुपर्ने त्यो प्रवक्ताले नै बोल्छन्, अरुलाई नबोल्न भनिएको छ । दोस्रोपटक गएर सोध्दा कार्यालयकी कर्मचारीले महासचिव पन्त देश बाहिर रहेकाले सम्पर्क हुन नसकेको हुन सक्ने बताइन् ।

पूर्वसभामुखदेखि पत्रकारसम्म

समाज कल्याण परिषदको रेकर्डमा ल्याम्ह पुचः ०५० सालमा काठमाडौं जिल्ला प्रशासनमा दर्ता भएको देखिन्छ । प्रेमपूर्ण कर्माचार्य संस्थापक अध्यक्ष रहेको यो संस्थाले भृकुटीमण्डपको २३ रोपनी जमिन ०५३ सालमा भाडामा लिएको परिषदको रेकर्डले देखाउँछ । परिषदमा बुझाइएको रेकर्ड अनुसार, ०५६/०५७ सालमा वासुदेव ढुंगाना र पूर्वसभामुख दमननाथ ढुंगानालाई यो संस्थाको संरक्षक देखाइयो । त्योबेला संस्थाको अध्यक्षमा श्रीमती साबी पहारी र उपाध्यक्ष हालकी अध्यक्ष शहनशीला श्रेष्ठ थिइन् । त्यस्तै, सदस्यहरुमा ज्ञानदास श्रेष्ठ, श्याम श्रेष्ठ, दिलकुमार तण्डुकार र सरोज प्रधान थिए भने ज्योति वैद्य कार्यकारी निर्देशक । केन्द्रीय कार्यकारणी समिति हेरफेर हुँदा ०५७/०५८ मा पत्रकारद्वय महेन्द्र विष्ट र टंक पन्त ल्याम्ह पुचः मा जोडिन आइपुगेको समाज कल्याण परिषद स्रोतबाट प्राप्त कागजातले देखाउँछ । सशनशीला श्रेष्ठ अध्यक्ष रहेको उक्त कार्यसमितिमा बिष्ट, पन्त र धनश्याम अमात्य उपाध्यक्ष बनेको देखिन्छ । त्यस्तै, महासचिवमा ज्ञानदास श्रेष्ठ, कोषाध्यक्ष श्याम श्रेष्ठ र सचिव सिजन लामिछानेको नाम उल्लेख छ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका वर्तमान अध्यक्ष बिष्ट अहिले ल्हाम पुचः का संरक्षक र सल्लाहकार छन् । त्यस्तै, नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य रहेका पत्रकार पन्त ल्हाम पुचःका महासचिव र प्रवक्ता छन् ।

ल्याम्ह पुचःको शक्ति

सामाजिक संस्थाको स्वामित्वमा रहेको जमीन प्रचलित दरभाउभन्दा निकै न्यून भाडामा लिएर करोडौं आर्जन गरिरहेको ल्हाम पुचः आफैं गैर–नाफामूलक संस्थाको रुपमा दर्ता छ । यस्तो संस्थाले न कमाएको रकम सार्वजनिक गर्छ, न त खर्च विवरण । कतिसम्म भने ल्हाम पुचःले संस्था नवीकरण र लेखापरीक्षणसम्म गरेको छैन । गैर–नाफामूलक सामाजिक संस्थाका रुपमा ०५० सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको देखिन्छ । नियामक निकाय समाज कल्याण परिषद ल्हाम पुचःको हिसाब–किताब हेर्ने हैसियतमै नभएको परिषद स्रोत बताउँछ । ‘परिषदमा पदाधिकारी नियुक्तिदेखि कर्मचारी सरुवा–बढुवा र पदस्थापनसम्म ल्याम्ह पुचः हाबी हुन्छ’, स्रोत भन्छ, ‘अनि कसले आँट गरोस् उसलाई चलाउन ?’ स्रोतका अनुसार, ल्याम्ह पुचःले न हरेक तीन वर्षमा संस्था नवीकरण गरेको छ न त वार्षिक लेखा परीक्षण । नवीकरण, लेखापरीक्षण र आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, दीप बस्न्यात प्रमुख आयुक्त रहँदा अनुसन्धान नै नगरी फाइल फर्काइएको परिषद स्रोत बताउँछ । अख्तियारका प्रवक्ता प्रदीप कोइराला ल्याम्ह पुचःको उजुरीबारे अनविज्ञता प्रकट गर्छन् । काठमाडौं फनपार्क र टुकुचा तरकारी बजार सम्बन्धमा मुद्दा अदालत गइसकेको भन्दै कोइरालाले ल्याय्म्ह पुचः सम्बन्धी उजुरी फेला परे वा पुनः उजुरी आए आयोगको निश्पक्षताका साथ कारबाही अगाडि बढाउने अनलाइनखबरलाई बताए ।

पहुँच बनाएर मनपरि

समाज कल्याण र ल्याम्ह पुचः बीच ०५३ सालमा भएको सम्झौतामा भृकुटीमण्डपका कुनै संरचना भाडामा लगाउन नपाइने उल्लेख छ । त्यसविपरीत ल्याम्ह पुचःले २६ वटा खेल र ११ वटा रेष्टुरेन्ट भाडामा लगाएको छ । फनपार्कमा सञ्चालित रेष्टुरेन्टबाट मासिक भाडा उठाइन्छ भने खेल स्टलबाट दैनिक असुलिन्छ । दैनिक पैसा उठाउने काम कवित राजपुत नामका भारतीयले गर्ने फनपार्ककै एक कर्मचारीले बताए । उनका अनुसार, राजपुतका भिनाजुले पार्कको खेल–तमासा संरचना निर्माणमा करिब तीन करोड रुपैंयाँ लगानी गरेका छन् । फनपार्कको मुख्य आकर्षण बाल रेल हो । समाज कल्याण परिषदसँग भएको सम्झौताअनुसार, रेलको टिकट परिषदमा छाप लगाएर मात्र बिक्री गर्न पाइन्छ । तर, ल्हाम पुचःले त्यसको पनि उल्लंघन गर्दै आएको छ । परिषद स्रोतका अनुसार, ल्हाम पुचःले चालु आर्थिक वर्षका लागि ३० हजार टिकट छपाएको थियो । पुचःले प्रति टिकट रु.३० लिने गरेको छ । यसको सोझो वार्षिक हिसाब नौ लाख रुपैयाँ हुन्छ । फनपार्क प्रवेश शुल्क, वाल रेलसहित २६ वटा खेल–तमासका फरक टिकट र ११ वटा रेष्टुरेन्टको मासिक भाडा ल्याम्ह पुचःको एकलौटी कमाइ हो ।
यो संस्थाले फनपार्कबाट मासिक न्यूनतम ४० लाखदेखि अधिकतम ६० लाख रुपैयाँसम्म आम्दानी गर्छ । वर्षात र चिसो मौसममा न्युनतम् कमाइ हुन्छ । तर समग्रमा फनपार्क प्रवेश शुल्क, २६ वटा खेल र ११ वटा रेष्टुरेन्ट समेतबाट ल्याम्ह पुचःले वार्षिक रु.७ करोड भन्दा बढी आम्दानी गरिरहेको परिषदले बिभिन्न समयमा गरेको गुप्त अध्ययनहरुले देखाएको स्रोत बताउँछ । यसरी मासिक ६० लाख कमाउनेले ल्हाम पुचःले बार्षिक तिर्ने भाडा भने १३ हजार तिरेर करको दायित्व समाज कल्याण परिषदलाई नै छोडेको छ । ०५३ सालमा भएको सम्झौतामा करबारे केही उल्लेख नहुनुको फाईदा पुचःले उठाइरहेको छ ।
परिषदको तत्कालीन नेतृत्वलाई प्रभावमा पारेर सम्झौतामा जानाजान करको बिषय नराखिएको स्रोतको भनाइ छ । करसमेत तिर्न नपर्ने यत्रो अकूत कमाइ कहाँ जान्छ त ? अनलाइखबरको प्रश्नमा ल्हाम पुचःकी अध्यक्ष सहनशीला श्रेष्ठले भनेकी थिइन्, ‘सबै आम्दानी समाज सेवामा खर्च गरेका छौं ।’

भृकुटीमण्डपमा राजनीतिक भागबण्डा

भृकुटीमण्डप खुल्ला बजार, प्रर्दशनी केन्द्र, फनपार्क र तरकारी बजारमा विभाजित छ । खुल्ला बजारमा लत्ताकपडाको अव्यवस्थित र असुरक्षित कारोबार चल्छ । प्रदर्शनी केन्द्रलाई समाज कल्याण परिषद् आफैंले आय स्रोत बनाएको छ भने तरकारी बजारमा तरकारीको खुद्रा बजार लाग्छ । टुकुचा खोलाको उत्तरतर्फ रहेको तरकारी बजारमा तत्कालीन माओवादी कार्यकर्ताको प्रभाव छ भने ल्याम्ह पुचः बाल उद्यानमा तत्कालीन एमालेका कार्यकर्ताको हालीमुहाली चलेको वर्षौं भइसक्यो । प्रर्दशनीस्थलका सटरहरुमा पनि नेकपा कार्यकर्ताले नै कब्जा जमाएका छन् । नेपाली कांग्रेसको भागमा परेको काठमाडौं फनपार्कको जग्गामा टेकबहादुर गुरुङ हावी थिए । अहिले भने कांग्रेस नेता समेत रहेका गुरुङ भृकुटीमण्डपको ६० रोपनीमा चलाएको काठमाडौं फनपार्कबाट बाहिरिनु मात्र परेको छैन, अख्तियारको मुद्दासमेत खेप्नु परेको छ । उनी ५ लाख धरौटीमा विशेष अदालतबाट छुटेका छन् तर, मुद्दाको अन्तिम पुर्पक्ष भने भएको छैन । पूर्वराज्यमन्त्री गुरुङविरुद्ध ३१ करोड ५२ लाख अनियमितता गरेको अभियोग मागदाबीसहित २१ माघमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । यस्तै तत्कालीन समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपाने, तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, परिषदका तत्कालीन कोषाध्यक्ष कुञ्‍ज बिहारीप्रसाद चौधरी, परिषदका तत्कालीन सदस्यहरु हरि न्यौपाने, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र सदस्य–सचिव ई रविन्द्र कुमारबिरूद्ध जनही ३१ करोड ५२ लाख १७ हजारभन्दा बढी रूपैयाँ बिगो मागदाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा हालेको छ ।

तत्कालीन कोषाध्यक्ष रत्न गाहमगर, निर्देशक मदनप्रसाद रिमाल, उप निर्देशक बलबहादुर स्वार, कानूनी सल्लाहकार प्रेमसिंह धामी र जगदेब चौधरीबिरूद्ध बिगो मागदाबी गरेको छैन । भ्रष्टाचार ऐन अनुसार सजायँ मागदाबी मात्रै गरिएको छ मन्त्रिपरिषद बैठकबाटै निर्णय गराएर समाज कल्याणमाथि छनविन गर्न विशेष अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा आयोग समेत बनाइएको थियो । स्रोतका अनुसार आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाइएको छ तर, अझै सार्वजनिम भएको छैन । केही निर्देशनात्मक सुधारका कार्यबारे महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सुझाबको पाना दिइएको छ, यसमा छानविनको गुदी कुरा उपलब्ध छैन । छानविन प्रतिवेदनलाई हवाला दिएर काठमाडौं फनपार्कलाई भ्रष्टाचार मुद्धा झोसिँदा ल्याय्म्ह पुचः र टुकुचा तरकारी बजार भने उक्त आरोपबाट उम्काइएका छन् । माघ २१ मा काठमाडौं फनपार्कलाई भ्रष्टाचार मुद्दा दायर गरिँदा वैशाख पहिलो साता ल्यायम्ह पुचः र टुकुचा तरकारी बजारसँगको सम्झौता खारेजी गर्ने निर्णय समाज कल्याण परिषदले गरेको छ । जसलाई पार्टी सर्मथित कार्यकर्ता संलग्न अनियमितता जोगाउन गरिएको प्रपञ्च ठानिएको छ । पूर्णरुपमा व्यवसायिक सञ्चालनमा आएको खण्डमा भृकुटीमण्डप क्षेत्रबाट परिषदले बार्षिक ६० करोड भन्दा धेरै कमाइ गर्न सक्ने एक अधिकारी बताउँछन् । तर, दलगत भागबण्डाका आधारमा भृकुटीमण्डपमा भएको बेतिथि समाज कल्याण परिषद् आफ्ना कर्मचारीलाई तलब खुवाउने हैसियतमा समेत छैन । नवीन ढुंगानाले अनलाइन खबरका लागि तयार पारेका हुन् ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ जेष्ठ २२
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ जेष्ठ २२
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ जेष्ठ २२
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ जेष्ठ २२
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ जेष्ठ २२
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ जेष्ठ २२

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ जेष्ठ २२
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ जेष्ठ २२

das beste Casino Deutschlands

२०७६ जेष्ठ २२

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ जेष्ठ २२

Avast Free Review Windows

२०७६ जेष्ठ २२
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.