satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सुनसरीमा डेंगु राेग नियन्त्रणबाहिर, यसरी बच्‍न सकिन्छ डेंगुबाट

satkarpost satkarpost
मा प्रकाशित
965
सुनसरीमा डेंगु राेग नियन्त्रणबाहिर, यसरी बच्‍न सकिन्छ डेंगुबाट

काठमाडौं : पछिल्लो तीन साताको अवधिमा सुनसरीका विभिन्न ठाउँमा एकैपटक धेरैजनामा डेंगु देखिएपछि उच्च सतर्कता अपनाइएको छ। धरानमा केही दिनदेखि फैलिएको डेंगु नियन्त्रणबाहिर गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहोनी नै डेंगु प्रभावित क्षेत्रमा पुगेका थिए। डेंगु फैलिएपछि केन्द्रबाट २०० थान डेंगु किट लिएर महानिर्देशक सुनसरी पुगेका उनले डेंगु नियन्त्रणका लागि पुन पाँच सय थान किट मागिएको बताए। पहिलेको भन्दा केही कम संक्रमण फैलिए पनि अझै डेंगु नियन्त्रणमा नआएको सुनसरीस्थित डेंगु प्रभावित क्षेत्रमै रहेका महानिर्देशक डा लोहोनीले बताए। उनले भने, ‘केहीलाई आइसियुमा समेत राखेर उपचार गरिएको छ, पहिलेको भन्दा कम डेंगु फैलिए पनि अझै नियन्त्रणमा आएको छैन।’

पछिल्लो तीन सातायता धरानका विभिन्न अस्पतालमा परीक्षण गरिएका मध्ये ७५ जनामा डेंगु पोजेटिभ देखिएको समेत डा लोहोनीले बताए। महानिर्देशक डा लोहोनीले भने, ‘गत ३० वैशाखमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो डेंगु रोग निदान भएको थियो। त्यसपछिको २१ दिनमा आजसम्म प्रतिष्ठानमा परीक्षण गराएका ११३ जनामध्ये ६२ जनामा डेंगु पोजेटिभ देखिएको छ। यस्तै, धरानकै विजयपुर अस्पतालमा परीक्षण गरेकामध्ये १३ जनामा पनि डेंगु पोजेटिभ देखिएको छ। ‘अहिले धरान नगरपालिकाको ८ र १५ नम्बर वडा बढी प्रभावित भएको र ७,९ र १३ वडामा समेत डेंगु फैलन थालेको डा लोहोनीको भनाइ छ। बिरामीको संख्या बढ्दै गए पनि मृत्यु भने कसैको नभएको महानिर्देशक डा लोहोनीले बताए। महाशाखाले डेंगु नियन्त्रणका लागि प्रतिष्ठानमा हेल्थ डेस्‍क स्थापना गरिएको र थप डेंगु फैलन नदिन जिल्लाका विभिन्न स्वास्थ्य संस्था, अस्पताल, र नगरपालिकाका स्वास्थ्य क्षेत्रका फोकल पर्सनहरूसँग समन्‍वयन गरिरहेको समेत महानिर्देशक डा लोहोनीले बताए।

के हो डेंगु?

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरहादुर पुनका अनुसार डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुने गर्छ। डेंगु सार्ने लामखुट्टेले पानी जमेको स्थानमा फूल पार्छ। अन्य लामखुट्टेले लामो समयदेखि जमेको पानी, फोहोर पानी, हिलोमा जमेको पानीमा फूल पार्ने भए पनि एडिस प्रजातिको लामखुट्टेले ३/ ४ दिनदेखि जमेको पानीमा मात्र फूल पार्ने गर्छ।

के हो लक्षण?

एडिस प्रजातिको लामखुट्टेले मानिसलाई टोकेपछि डेंगुको संक्रमण हुने गर्छ। डा. पुनका अनुसार लामखुट्टेले टोकेको मानिसलाई दुई दिनसम्म सामान्य टाउको दुख्ने गर्छ, दुई तीन दिनपछि लगातार ज्वरो आउँछ, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने जस्ता लक्षण देखिन्छन्। यसका साथै आँखाको पछाडिपट्टिको भाग दुख्ने, वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने लक्षण पनि देखिने डा. पुनले बताए। उनले भने, ‘ डेंगुको लक्षण देखापर्नेबित्तिकै स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दिन्छन्। यसलाई बेवास्ता गरियो भने संक्रमण बढ्दै गएर रगतमा प्लेटलेट्सको मात्रा कम हुन गई शरीरका विभिन्न अंग नाक, गिजाबाट रगत बग्‍न थाल्ने, दिशा र पिसाबमा पनि रगत देखिनुका साथै रक्तचाप कम हुने, शरीरमा रगतको कमी हुने, मिर्गौला तथा मुटुमा समेत असर गर्छ त्यसैले सचेत रहनुपर्छ।’

कसरी बच्ने डेंगुबाट?

डेंगुको लक्षण देखिनासाथ चिकित्सकलाई देखाउन डा‍. पुनले सल्लाह दिएका छन्। उनका अनुसार घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाइबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पुरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफा राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by satkarpost
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by satkarpost
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.