नेपालमा भूकम्पको प्रसंग उठ्दै गर्दा भारतमा गयो शक्तिशाली भुकम्प

काठमाडौं  : नेपालमा भुकम्पको चर्चा हुँदै गर्दा छिमेकी मुलुक भारतमा बुधवार राति झण्डै ११ बजेतिर शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । हिजो राति स्थानीय समयनुसार १०ः३१ बजे गुजरात र राजस्थानको सीमाक्षेत्रमा ४.३ रेक्टर स्केलको भुकम्प गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अहिले नेपालमा भुकम्पको चर्चा भइरहेको छ । नेपालमा भुकम्प जाने कुरामा धेरैले आशंका व्यक्त गर्दै गर्दा एकजना ज्योतिषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो समय देखि जेठ महिनाभित्र शक्तिशाली भुकम्प आउँछ भन्दै हल्ला गर्ने ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि १ लाख जरिवाना र ६ महिनासम्म जेल हुन सक्ने जनाइएको छ ।

उनले अरु केही व्यक्तिहरुलाई ठगेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानलाई थप अगाडी बढाएको छ । उनले प्रहरी समक्ष दिएको बयानमा आफुले अनुमान गरेको बताएका छन् । अर्को तिर काठमाडौं वा देशको पश्चिम भागलाई केन्द्रमा राखेर भुकम्प जानसक्ने भुर्गभविद्हरुको दाबी छ ।

सम्बन्धित खवर

Back to top button