इटहरीका मेयरको हर्कत के हो भन्दै संसदमा तात्यो बहस

काठमाडौं : यतिबेला इटहरी उपमहानगरपालिको मेयरका विषयले निकै चर्चा पाइरहेकाे छ । पत्रकारको नाक भाँच्ने धम्की दिएर विवाद र चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न सांसदहरुले समेत माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले मेयर चौधरीले स्वतन्त्र पत्रकारिताको मूल्य मान्यताविपरीत धम्की दिएकाले फौजदारी कानुनअन्तरगत कारबाही गर्न माग गरेका हुन् ।

पक्षी कांग्रेसकी सांसद सुजाता परियारले संसदमा भनिन्, ‘इटहरीको मेयरको हर्कत के हो ? पत्रकारमाथि नै आक्रामणको धम्की ? हामीले प्राप्त गरेको लोकतान्त्रिक उपलब्धी यही हो ? उनलाई कारबाही गरियोस् ।’ त्यस्तै सांसद हिरा गुरुङले इटहरीका उपमहानगरपालिका मेयरले दुई तिहाइको दम्भ देखाएको आरोप लगाइन् । ‘मेयरलाई फौजदारी अपराधअन्तरत कारबाहीको दायरामा ल्याउनुपर्छ । कानुनी राज्यमा कसैले पनि धम्की दिन सक्दैन’, गुरुङले भनिन् ।

आम नागरिक भने दुई खेमामा बाडिएको पाइन्छ केहीले भ्रष्टहरूको जालाे ताेड्न मेयरले गरेका कार्य ठिक भएको बताएका छन् भने केहीले हिटलर शैली भएको टिप्पणी गर्दै आएका छन् ।

सम्बन्धित खवर

Back to top button