कैलाली-कञ्चनपुर हावाहुरीमा परी दुईको मृत्यु, एकसय बढी घाइते

धनगढीः सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीले ठुलो क्षति गरेको छ । दुवै जिल्लाका प्रहरीबाट प्राप्त सूचना अनुसार हावाहुरीले कम्तीमा एकजनाको ज्यान लिएको छ भने एक सय भन्दा धेरै घाइते भएका छन्। हावाहुरीमा परेर कैलालीको लालपुरका वीरबहादुर चौधरीको मृत्यु भएको छ। हावाहुरीले कैलालीमा एक सय जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको सेती अञ्चल अस्पताल, निसर्ग अस्पताल, माया मेट्रो र अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। हावाहुरीले कञ्चनपुरमा कम्तीमा ८ जना घाइते भएका छन्।

भीषण हावा हुरीले ठाउँ ठाउँमा रुख ढलेका छन् भने कयौँ घरका छाना उडाएको छ । हावा हुरीले बिजुलीका पोल पनि लडाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीका अनुसार बाक्लो बस्ती भएको धनगढी बजार क्षेत्रमै हुरीले ठुलो क्षति गरेको छ । ‘जिल्ला प्रहरी कार्यालयमै हुरीले ठुलो क्षति गरेको छ। टिनका छाना भएका धेरै घर उडाएको छ। अहिलेसम्म ३२ जना घाइते अस्पताल भर्ना भएका छन्, एकजनाको मृत्यु भएको छ’, उनले भने, ‘हामीले टोली परिचालित गरिरहेका छौँ तर सकडमा रूख ढलेकाले सबै ठाउँमा पुग्न सकिएको छैन। अन्य जिल्लासँग पनि समन्वय गरिरहेका छौँ ।’ बिजुलीका पोल ढलेपिछ कयौँ स्थानमा विद्युत अवरुद्ध भएको छ । नेपालल टेलिकमका पोल ढलेपछि टेलिफोन पनि अवरुद्ध भएको छ । प्रहरीेले रुख ढलेर मानिस च्यापिएको खबर पाए पनि सडकमा रुख ढलेकाले जान सकेको छैन।

हावा हुरीले कयौँ मानिस घाइते भएका छन् भने केही सवारी साधनसमेत उडाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार हावाहुरीका कारण घाइते भएका ११ जना भन्दा धेरै सेती अञ्चल अस्पतालमा भर्ना भएका छन् । धनगढी उपमहानगरपालिकासँगैको डोकेबजारमा हावाहुरीले पिकअप जीप उडाएको छ। ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीपका चालक र सहचालक घाइते भएका छन्। हावाहुरीपछि कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरी नेतृत्वको प्रहरीले उद्दार गरी सेती अञ्चल अस्पताल लगेको छ। हुरीमा परेर घाइते सातजना भन्दा धेरै घाइते महाकाली अञ्चल अस्पतालमा पुगेको कञ्चनपुर प्रहरीले जनाएको छ । स्थानीयबासीले बारा र पर्साको जस्तै ठुलो हावा हुरी आएको बताएका छन्। यी दुई जिल्लामा बिहीबार राति ८ बजेदेखि करिब ४० मिनेटसम्म डरलाग्दो हावाहुरी आएको बताएका छन्।

सम्बन्धित खवर

Back to top button