घुस लिँदालिदै रंगेहात समातिए प्रहरी अधिकृत
काठमाडाैं : विहीबार इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरीक्षक केशवबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । बस्नेतलाई अख्तियारको टोलीले १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
अख्तियार अनुसन्धान दुरुपयोग आयोग, बुटवलबाट गएको टोलीले सूचनाका आधारमा बस्नेतलाई साँझ ६ः३० बजे इलाका प्रहरी कार्यालयबाटै घुससहित पक्राउ गरेको हो । अख्तियार बुटवलका सूचना अधिकृत सुरेश भुसालले बस्नेतलाई थप अनुसन्धानका लागि बुटवल ल्याउँदै गरेको जानकारी दिएका छन् ।