वेस्टइन्डिज अस्ट्रेलिया विरूद्धको खेलमा १५ रनले पराजित


एजेन्सी : विश्वव कप क्रिकेटको बिहीबार राति भएको भिडन्तमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई१५ रनले हराएको छ। नटिङ्घमको ट्रेन्ट बिज मैदानमा भएको खेलमा वेस्टइन्डिजले टस जितेर बलिङ रोजेको थियो। अस्ट्रेलियाको टिमले पहिले ब्याटिङ गर्दे ४८ओभरमा २८८ रन बनाउँदै अलआउट भएको थियो। लक्ष्य पच्छ्याउँदै उत्रिएको वेस्टइन्डिज ५० ओभरमा ९ विकेट गुमाउँदै २७३ रनमा समेटियो। नाथन कुल्टर नाइल म्यान अफ द म्याच भए।
उनले अस्ट्रेलियाकोतर्फबाट सर्वाधिक ९२ रन बनाए। अस्ट्रेलियाको तर्फबाट मिशेल स्टार्कले सबैभन्दा धेरै ५ विकेट लिए। उनका अलावा प्याट कमिन्सले २ र एडम जम्पाले एक विकेट लिए। वेस्टइन्डिजको तर्फबाट शाई होप र जेसन होल्डरले अर्धशतक लगाए। होपले सर्वाधिक ६८ र होल्डरले ५१ रन बनाए। निकोलस पुरनले ४० रनको पारी खेले। एस्ले नर्सले खेलको अन्तिम ४ बलमा ४ चौका हाने। उनी १९ रनमा क्रिजमै रहे।


