यसकारण श्रीकृष्णले तोडे अर्जुनका लागि प्रतिज्ञा

काठमाडौं । देवव्रत जसले आजीवन ब्रह्मचर्य रहने भीष्म प्रतिज्ञा गरेका थिए । जसकारण उनको नाम भीष्म पितामह रह्यो । उनी महाभारतको युद्धमा कौरवको तर्फबाट सेनापति थिए । १८ दिनको महाभारत युद्ध मध्ये दस दिनसम्म भीष्म पितामह सेनापति रहे । उनी दैनिक पाण्डव सेनाको वध गरिरहेका थिए । सो समय पाण्डवको तर्फबाट चिन्ता व्यक्त गरिदै थियो । महाभारत युद्धको नवौं दिन युद्ध भन्दा पहिले दुर्योधनले भीष्म पितामहलाई उनी निष्पक्ष भएर लडाइ नलडेको आरोप लगाए । यसै कारण अर्जुन अहिलेसम्म जिउदै रहेको उनले बताए । यदि उनले आज अर्जुनलाई नमारे अर्को दिन दुर्योधनले स्वयं आफ्नो धनुष-बाणबाट अर्जुनलाई मार्ने धम्की दिए । यो सुनेर भीष्म पितामह त्यस दिन अर्जुनलाई वध गर्ने उद्देश्य गरि युद्धमा उत्रिए ।

भीषण युद्धमा अर्जुन मृत्युको करीब नजिक पुगेका थिए । दुई बिचको युद्धमा भगवान श्रीकृष्ण आउनुभयो । भीष्म पितामह आफ्नो बाणबाट अर्जुनको रथ र घोडा घायल बनाएर जब अर्जुनलाई मार्न उद्धत भए तब भगवानबाट सहन भएन । श्रीकृष्णले टुटेको रथको एक पाङ्ग्रा हातमा उठाएर भीष्म पिताहलाई मार्नको लागि दौडिनुभयो । महाभारतमा यस्तो एक विचित्र दृश्य उत्पन्न भयो कि एकातर्फ भीष्म पितामह हात जोडेर उभिएका थिए भने अर्कोतर्फ भगवान औलामा रथको पाङ्ग्रा सुदर्शन चक्र जस्तै धारण गरेर भीष्म पितामहको वध गर्न गइरहनु भएको थियो । सो समय अर्जुन भगवानको चरण समातेर भन्छन्, ‘भगवान तपाई क्षेत्रिय हो । आफ्नो प्रतिज्ञा किन तोड्दै हुनुहुन्छ ?’ भगवान श्रीकृष्ण भन्नुहुन्छ, ‘अर्जुन मैले युद्धमा अस्त्र शस्त्र धारण गर्नेछैन यो प्रतिज्ञा गरेको थिए तर आज म त्यो प्रतिज्ञालाई तिलांजलि दिदैछु । आफ्नो प्रिय भक्तको लागि त म यो प्रतिज्ञा मात्र नभएर सबै कुरा त्याग्न तयार छुँ । तिम्रो शरीरलाई जसले छेदन गर्न चाहन्छ ती दुष्टहरुलाई म अहिले अन्त्य गरिदिन्छु ।’ सो समय अर्जुन श्रीकृष्णको खुट्टामा गिरेर याचना गर्छन्, ‘आज भीष्म पितामहलाई छोडदिनुहोस प्रभु । अर्को दिन म स्वयं भीष्म पितामहलाई परास्त गर्नेछु ।’ तब अर्जुनको पुकार सुनेर श्रीकृष्णले भीष्म पितामहलाई छोडिदिनुभयो । मृत्युको मुखमा सो बिषयलाई लिएर भीष्म पितामहले श्रीकृष्णलाई प्रन गरे, ‘ प्रभु युद्धको क्रममा शस्त्र नउठाउने प्रतिज्ञा तपाईले तोड्नुभयो ।’ भगवानले भन्नुभयो, ‘आफ्नो प्रिय भक्तको प्राण रक्षाको लागि म जे पनि गर्नेछुँ ।’ अव विचार गर्ने कुरा यो छ कि भगवान श्रीकृष्णले अर्जुनको लागि आफ्नो प्रतिज्ञा किन तोडे ? यस्तो उनले किन गरे ? जुन समय अर्जुनले भगवानसँग ज्ञान प्राप्त गरेका थिएनन ।सो समय युद्ध सुरु हुनु भन्दा पहिले, एक दिन भगवान कृष्णले भन्नुभयो, ‘भोलि विहान जसलाई म पहिले देख्नेछु त्यसलाई म वरदान दिनेछु ।’ अर्को दिन दुर्योधन अर्जुन भन्दा पहिले पुगे र भगवान श्रीकृष्णको शीरको नजिक बसे। केहि समयपछि अर्जुन आए र भगवान श्रीकृष्णको चरणतर्फ बसे ।

शयनबाट जब भगवान उठ्नुभयो तब चरणतर्फ अर्जुनलाई देख्नुभयो र भन्नुभयो, ‘ अर्जुन तिमी निकै चाडो आयौ, तिमीलाई के चाहिन्छ ?’ दुर्योधनले आपत्ति जनाएर भने, ‘महाराज सबैभन्दा पहिले म आएको हुँ तर तपाई पहिले अर्जुनसँग सोध्दै हुनुहुन्छ । तपाईले अगाडि हेर्नुभयो, छेउमा हेर्नुभएको भए मलाई देख्नुहुने थियो ।’ भगवानले भन्नुभयो, ‘कुरो ठिक हो तिमी पहिले आयौ होला तर मैले पहिले त अर्जुनलाई नै देखे ।’ भगवानले निर्णयको लागि अर्जुनसँग सोध्नुभयो, ‘अर्जुन तिमी के भन्छौ ?’ अर्जुनले भने,’ भगवान तपाईले भनेको उचित हो तर पनि म तपाईसँग प्राथना गर्छु कि दुर्योधन जे माग्छन् उनलाई पहिले दिनुहोस् ।’ भगवानले भन्नुभयो, ‘ दुर्योधन कान खोलेर सुन । एकातर्फ म छु र अर्कोतर्फ मेरो सारा द्वारिकाको सेना छ । जसको सेनानायक बलराम हुनेछन् । अब दुवै मध्ये तिमीलाई जे चाहिन्छ त्यो लेउ ।’ दुर्योधन भन्छन्, ‘ भगवान जब तपाई लडाइ गर्नुहुन्न शस्त्र धारण गर्नुहुन्न भने तपाई मेरा लागि मतलब भएन ।’ जस्तै आजका मानिसहरु सोच्छन् हामीलाई लक्ष्मी चाहिन्छ, भगवानसँग के मतलब । किनभने लक्ष्मीनै हामीलाई व्यपार, यश, प्रतिष्ठा बढाउनको लागि आवश्यक हुन्छ । लक्ष्मी हामीसँग हुदाँ संसारमा हाम्रो मान मिल्छ तर यी जुन इश्वर छन् उनीबाट त केहि हुन्न । यसकारण भगवानको भक्ति बेकामको भक्ति हो । यहि कारण आज मानिसहरु भगवानको भक्ति जीवनको चौथो अवस्थाका लागि राख्छन्। जब बुढेसकाल आउनेछ जब हामी बृद्ध हुनेछौ तब भगवानको भक्ति बारे सोच्नेछौ । अहिले त्यसको बारे के सोच्नु ? तर भक्ति शरीर स्वस्थ हुदै गर्ने चीज हो । यदि अहिले भक्ति नगरे सारा जीवन अशान्तिमा बित्नेछ र चौथो अवस्थामा भगवानको याद गर्न चाहे पनि शरीर शिथिल हुनेछ त्यो बेलामा भक्ति कसरी गर्ने भन्ने ख्याल आउनेछ । समस्या खडा हुनेछ ।

तब दुर्योधनले भगवान श्रीकृष्णसँग भने, ‘मलाई तपाईको आवश्यकता छैन । म त बलराम र तपाईको सेना लिनेछु ।’ तर अर्जुनले भगवान कृष्णलाई नै चाहे । श्रीकृष्ण युद्ध भुमिमा हतियार बिहिन रहने प्रतिज्ञालाई सहर्ष स्विकार गरे । उनले आपत्ति जनाएनन् । आफुमा शंका उत्पन्न गरेनन् । सो समय भगवान श्रीकृष्ण मुस्कुराउदै भन्नुभयो, ‘अर्जुन तिमीले मलाई लिएका छौ तर म त लड्ने छैन फेरी तिम्रो के हुनेछ ? तिमीलाई विजय कसरी प्राप्त हुनेछ ?’ तब अर्जुन भन्छन्, ‘भगवान तपाई विजय प्राप्त गर्ने कुरा गर्नुहुन्छ । तपाई जब हाम्रो हुनुभयो तब विजय पाउनलाई बाकि के रह्यो ? हाम्रो विजय त भैसक्यो किनभने जहाँ तपाई हुनुहुनेछ त्यहि विजयको झण्डा फहराउनेछ ।’ यो अर्जुन भित्रको विचार र विश्वासको कुरा थियो । भगवान श्रीकृष्णलाई निहत्था हुदा पनि अपनाएर सोहि कारण अर्जुनको लागि भगवानले आफ्नो प्रतिज्ञा पनि तोडदिनुभयो । यसकारण भक्तिमार्गमा विश्वास सबैभन्दा ठुलो कुरा हो । इष्टदेव आफ्नो प्रभुप्रति कती विश्वास छ भनेर एकदिन हाम्रो पनि विश्वासको परिक्षा हुनेछ ।

सम्बन्धित खवर

Back to top button