विहानै राजधानीमा समेत भित्रियो आँधीहुरी, सतर्क रहन आग्रह
काठमाडाैं : शुक्रबार एका विहानै करिव ५ बजेतिर काठमाडाैं उपत्यकामा समेत ठूलाे आँधीहुरी भित्रिएकाे छ । विहीबार राति कैलाली-कञ्चनपुरमा आँधीहुरीको वितण्डनाले एकजनाको ज्यान जानुका साथै सयाैँ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ ।
एकाबिहानै राजधानीमा पनि हावाहुरी सहित वर्षा भएको छ । करिब बिहान ५ बजे देखि चलेको हुरी याे समाचार सम्पादन गर्दा सम्म पनि रोकिएको छैन । हावाहुरीका कारण काठमाडौँ उपत्यकाभित्रका जस्ता टहरकाहरु उडाएकाे तथा सडकका किनाराका रुख ढलेको अपुष्ट खबर प्राप्त भएको छ । मौसम बिभागका अनुसार मेघ गर्जन गराउने बादलको प्रणाली पश्चिमबाट सर्दै काठमाण्डौ आसपास पनि देखिएको छ । सोहि कारण काठमाण्डौं आसपास पनि मेघ गर्ज, हावाहुरि सहित वर्षा भईरहेको छ । आँधीहुरी अहिले पनि निरन्तर चलिरहेकाे छ । काठमाडौं उपत्यकासहित आसपासका केही जिल्लाहरुमा अहिले बिहानैदेखि हुरी बतास सहित पानी परिरहेको छ । हुरीबतासको त्रासले सर्वसाधारण बाहिर निस्कन सक्ने अवस्था छैन । बिगत केहि दिनदेखि बेलुकीपख हुरी चल्ने गरेको भएपनि आज भने बिहानैदेखि हुरीबतास चल्दै पानी परेको हो । मनसुन शुरु हुने अवस्थामा यस्ता समस्याहरु आइरहने भएकोले सर्तक रहन मौसमविदहरुले सुझाव दिएका छन् । कहाँ के कति क्षति भएको छ त्यसको यकिन विवरण भने आएको छैन् । एका विहानै यहाँको जनजीवन भने प्रभावित भएकाे छ ।
त्यस्तै हिजो बेलुकी कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा आएको हावाहुरीले धनमालको क्षति गरेको छ । हुरीबतासका कारण जनजीवन निकै प्रभावित बनेको छ । झण्डै एक घण्टासम्म चलेको हावाहुरीका कारण ५३ जना घाइते भएको प्रहरी निरीक्षक प्रकाश डाँगीले जानकारी दिए । मृत्यु हुनेमा धनगढीका वर्ष २६ २७ का बीरबहादुर चौधरी रहेका छन् । ठाउँ ठाउँमा रुख ढलेका छन् भने विजुलीका खम्बा ढल्दा विद्युत आपूर्ति बन्द भएको छ । हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा सयौँ घरमा क्षति पुगेको प्रहरी निरीक्षक डाँगीले बताएका छन् । “क्षतिबारे अनुमान गर्न मुश्किल भएको छ, हामी क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उनले भने ।
धनगढीसँगै जोडिएको डोकेबजारमा हावाहुरीले महिन्द्रा जीप उडाउदा चालक र सहचालक दुबैजना घाइते भएका छन् । कञ्चनपुरमा समेत हावाहुरीबाट क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ ८ बजेतिर आएकाे हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ घाइते भएका छन् भने कैलाली आसपासमा ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातको समय भएकाले अन्य क्षतिको विवरण भने आउन सकेको छैन , रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको छ । घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।