अदालतको सफाइपछि रिहा भए ज्ञानेन्द्र साहीः जनताको जित भन्दै उर्लियाे जनलहर

काठमाडाैं : भ्रष्टचार बिरुद्धकाे कार्यक्रममा बाेलिरहेका बेला प्रहरीबाट प्रकाउ परेका भ्रष्टचार बिराेधी अभियानका अभियान्ता ज्ञानेन्द्र साही रिहा भएका छन । उनलाइ साइबर क्राइम अन्तरगत मुद्दा दायर गरेर प्रहरीले थुनामा राखेकाेमा आज अदालतले सफाइ दिएपछि प्रहरीले रिहाइ गरेकाे हो । जनस्तरबाट भएकाे बिराेध तथा मानव अधिकार कर्मि र नागरिकहरुबाट गरिएकाे दवाव स्वरुप साहीकाे रिहाइ गरिएकाे हाे ।

रिहा भएसंगै जनताहरुले यो जित कस्काे जनताकाे, ज्ञानेन्द्र साही जिन्दावान, भ्रष्टाचारीलाई कारवाही गर लगायतका नाराहरु घन्किएका छन । ह्विल चियरमा बसेका साहीलाई हजारौ समर्थकले घरेर बाहिर ल्याएका छन । सुर्खेतको एक कार्यक्रमबाट पक्राउ परेका साहिले अाफुमाथी प्रहरीले निर्घात कुटपिट गरेर चरम यातना दिएकाे आराेप लगाएका छन । तर प्रहरीले भने उक्त आराेप नकारेकाे छ ।

भ्रष्टाचार विरूद्धका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारको विराेध गरेपछि थुनामा राखिएको थियो । पक्राउ गर्दा निर्घात कुटपिट गरेका कारण उनीलाई उपचारार्थ छन् । यसैबीच उनका समर्थकहरूले भने आज ‘ज्ञानेन्द्र शाही जीन्दाबाद’ भन्दै उपचार भैरहेकाे राजधानीको ट्रमा सेन्टर अस्पताल अगाडि नारा लगाएका थिए । उनलाई प्रहारीले बयानको लागि अदालत लिने क्रममा अस्पताल अगाडि समर्थकहरूले नारा लगाएका थिए । उनको स्वास्थ्यमा सुधार आउँन अझै केहि समय लाग्ने उनका एक समर्थकले बताएका थिए । उनको अनुसार, शाहीले उठान गरेको अभियानमा समर्थन रहनेछ। जेष्ठ १५ गते सुर्खेतमा करिब २००० जना व्यक्तिहरुको हाराहारीमा शान्तिपूर्वक भ्रष्टाचारविरोधी सम्मेलन गर्दागर्दै प्रहरीले धरपकड गरी पक्राउ गरेको थियो । उनलाई साइभर अपराधको मुद्दा लगाइएको थियो अदालत उनलाइ सफाइ दिएको छ । ज्ञानेन्द्र शाही प्रहरीको निर्घात कुटपिटबाट घाइते भएका उनको राजधानीको ट्रमा सेन्टर उपचार भईरहेको थियो ।

 

सम्बन्धित खवर

Back to top button