गरियो राजदूत सिफारिसः को कुन देशका लागि ?


काठमाडौं : सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चार देशका लागि राजदूत सिफारिस गरेको हो । सरकारले अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशमा डा वंशीधर मिश्रलाई राजदूतमा सिफारिस गरेको छ।
कतारका लागि सिफारिस भएका राजदूत नारद र दावाफुटी सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् भने अष्ट्रेलियाका लागि सिफारिस महेश नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल निकटका हुन्। त्यस्तै बंगलादेशका लागि सिफारिस भएका डा वंशीधर नेकपाका वरिष्ठ नेता माधव नेपाल निकटका हुन्।


