एउटा प्रेरणादायी कथाः दुवै हत्केला गुमेपनि हिम्मत हारेनन्
काठमाडाैं : केही वर्षअघि काम गर्दैगर्दा रत्नबहादुर तामाङलाई करेन्ट लाग्यो र उनका दुवै हत्केला शल्यक्रिया गरेर फाल्नुपर्यो । काम गरेर खाने मान्छेका लागि हत्केला नहुँदा असह्य मानसिक पीडा हुन्छ। त्यसबाट जोगिन उनले संगीतको सहारा लिए ।
जागिर छुट्यो, आर्थिक स्थिति कमजोर छ तर पनि उनको आत्मविश्वास घटेन । ड्रम बजाउन सिकेका उनको लक्ष्य रक ड्रमर बन्ने हो । चौतीस वर्षीय तामाङको सकारात्मक सोचबाट अरूले पनि प्रेरणा लिन सक्छन् । विविसी नेपाली सेवाले तयार पारेकाे सकरात्मक कथा ।