आजै हिंडे प्रधानमन्त्री ओली ऐतिहासिक युराेप भ्रमणमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमणका स्वीजरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्। शनिबार साझ प्रधानमन्त्री सहितको टोली भ्रमणमा निस्केको हो। प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल रहेका छन्। त्यस्तै सांसद विन्दा पाण्डे, परराष्ट्र सचिव र श्रम तथा रोजगार मन्त्रालयका सचिव लगायत रहेका छन्।

नौ दिने भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्ता छन् कार्यक्रम सोमबार जेठ २७ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए। समारोहमा ४० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने छ। जेनेभामा रहँदा ओलीले केही द्विपक्षीय भेटघाट पनि गर्ने कार्यक्रम छन्। प्रधानमन्त्री ओली जेठ २७ गते साँझ नै बेलायत भ्रमणमा जाने कार्यक्रम छ।

पहिलो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायतमा १७ वर्षपछि नेपालबाट प्रधानमन्त्रीस्तरको भ्रमण हुन लागेको हो। ओली जेठ २९ गतेसम्म बेलायतमा रहने भट्टराईले बताए। २७ गते साँझ प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। यस्तो छ नौ दिनको कार्यक्रम बेलायतमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँकी समकक्षी थेरेसा मेसँग जेठ २८ गते भेटवार्ता गर्ने छन्। बेलायतपछि प्रधानमन्त्री ओलीले जेठ २९ देखि ३१ गतेसम्म फ्रान्सको औपचारिक भ्रमण गर्ने कार्यक्रम तय भएको छ। सो अवसरमा प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर

Back to top button