अमेरिकी सेनाको उच्च पदमा नेपाली चेलीः बधाई छ अस्मिता गुरूङलाई !

एजेन्सी : नेपालकी एक चेली अमेरिकी सैनिकमा उच्च ओहदामा पुगेकी छिन । ति नेपाली चेली हुन् अस्मिता गुरुङ । स्याङ्जा मा जन्मिएकी ति नेपाली चेली अमेरिकन सैनिक संगठनको उच्च ओहदाको पद सेकेण्ड लेफ्टिनेन्ट पदमा नियुक्त भएकी छिन् । उनले विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्टमा ९ मे २०१९ मा सपथ समेत लिइसकेकी छन् ।

सेकेण्ड लेफ्टिनेन्ट अस्मिता गुरुङ गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको फेदीखोला ४ टोर्केमा जन्मेकी थिइन । आफ्नै गाउँमा प्रारम्भिक शिक्षा हासिल गरेकी अस्मिता वि.सं. २०४६ साल मंसिर २९ गते स्याङ्जामा जन्मिएकी थिइन। अस्मिता गुरुङले पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली गरेको थिइन भने उनले + २ सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट गरेकी थिइन। त्यसपछि उनि अमेरिका गएकी थिइन् ।

अस्मिताले अमेरिकाको टेक्सास राज्यको ब्याचलर अफ साइन्स (नर्सिङ)बाट स्नातक गरेकी छिन् । उनले विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्टमा ९ मे २०१९ मा सपथ लिएकी हुन् । अस्मिताको बाजे स्व. मनबहादुर गुरुङ, बज्यै रामकुमारी गुरुङ, बुबा आइबहादुर गुरुङ, आमा मनशोभा गुरुङ हुन् । बुबा आइबहादुर अवकासप्राप्त भारतीय सेना हुन् । अस्मिताले भविष्यमा सक्रिय ड्युटी नर्स कर्पोरेशनमा रहने प्रतिवद्धता जाहेर गरेकी छिन् ।

सम्बन्धित खवर

Back to top button