काठमाडाैं : सामाजिक सञ्जाल फेसबुक र युट्युबमा भाइरल भएका दैलेखी ठिटाहरूले सेड्रिना शर्माले नै अभिनय गरेकाे गरेकाे गीत गाएर मख्ख बनाएका छन् । उनीहरू काफल पाके कुइया गाएर सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।
विकास बादी, सुनलबादी र रविन्द्र बादीले ‘यी आँखामा तिमी छाैं’ ‘नाइ नभन्नु ल !’, ‘काफल पाके कुइया’ नयाँ गीत ‘मर्नुछ एकदिन बाँचि रहने काे छ’ लगायतका गीत गाएर सेड्रिनालाई मख्ख पारेका थिए ।
सेड्रिनाले उनीहरूलाई माया चिनाे समेत दिएकी छिन् । एकदमै मिठाे स्वर भएका यी कलाकालाई नेपाल आइडल र भ्वाइस अफ नेपालमा देख्न चहान्छु भनेकी छन् । सफलताको शुभकामना समेत दिएकी छन् । तीन जना दाजुभाई एकाएक मिडियामा भाइरल भएपछि अहिले पाेखराको एक स्कुलमा पढ्ने अवसर पाएका छन् ।
हेर्नुस् भिडियो