महानायक राजेश हमाललाई जन्मदिनको शुभकामना !

काठमाडाैं : नेपाली चलचित्र क्षेत्रका महा नायक राजेश हमालको आज जन्मदिन । महानायक हमालको जन्म ९ जुन १९६४ पाल्पाको तानसेनमा भएको थियो । यस आधारमा हमाल आफ्नो ५६औं जन्मदिन मनाउँदैछन् । राजेश नेपालका एक चर्चित अभिनेता हुन् । उको पहिलो र सफल चलचित्र ‘युगदेखि युगसम्म’ हो । उनलाई नेपाली चलचित्र उद्योगलाई व्यावसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ ।

राजेश हमाल नेपाली चलचित्रमा लागेको तीन दशक पुगिसक्यो । नेपाली चलचित्र इतिहासमा सबैभन्दा धेरै चलचित्रमा अभिनय गर्नेमा राजेशको नाम पहिले आउँछ । उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानका लागि धेरै पुरस्कारबाट सम्मानित भइसकेका छन् । जसमा राष्ट्रिय चलचित्र पुरस्कार (२०१४) रहेको छ । राजेशलाई महानायक पनि भन्ने गरिएको छ । अभिनय क्षेत्रबाहेक समाजसेवामा पनि उनको सहभागिता रहेको छ । हाल नेपाली चलचित्र नखेले पनि उनको व्यस्तता उस्तै छ । टेलिभिजनमा कार्यक्रम होस्ट, विभिन्न विज्ञापन र गीतमा राजेशले अभिनय गर्दै आएका छन् । राजेशले ५० वर्षको उमेरमा मोडल मधु भट्टराईसँग बिहे गरेका हुन् । उनी चाँडै नयाँ चलचित्र ‘प्रेमगीत ३’ मा प्रमुख भूमिकामा देखिने चर्चा छ ।

चलचित्र क्षेत्रमा विभिन्न भूमिकामा देखिएपनि हमाल ब्यबहारिक रुपमा निकै कोमल र सहिन छन् । उनलाई रियल हिरोको रुपममा लिनेहरु पनि धेरै छन् । यतिबेला चर्चित शो को बन्छ करोडपति संचालन गरिरहेका हमाल विभिन्न कार्यक्रममा निर्णायकको भूमिकामा समेत देखिने गरेका छन् ।कुनै समय अभिनय बाट सबैको मुख मुखमा झुन्डिन सफल हमाललाई महानायकको दर्जा समेत दिने गरिन्छ । निकै सलिन र भद्र स्वभावका हमाललाई जन्मदिनको हार्दिक शुभकामना !

सम्बन्धित खवर

Back to top button